सोमबार, ०९ कात्तिक २०८३
नेपाली

नेप्सेमा १६.६७ अंकको वृद्धि, कारोबार भने २ अर्ब ७९ करोडमा सीमित

Main News Image

काठमाडौँ । तिहार अघिको अन्तिम कारोबार दिन आइतबार सेयर बजार नेप्से परिसूचक १६.६७ अंकले बढेर २५०३.८५ को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३२३ कम्पनीको ६१ लाख ९९ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोडको सेयर कारोबार भएको छ । आज १६३ कम्पनीको सेयर मूल्य बढ्दा ७८ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २८ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा हिमालयन डिष्टिरीको २५ करोड ३६ लाख रुपैयाँ र तेस्रोमा यूनियन हाइड्रोपावरको १६ करोड ९७ लाखको सेयर कारोबार भएको छ । यसदिन आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, हिमालयन पावर पाटर्नरका लगानीकर्ताले ९.८९ प्रतिशत र भगवती हाइड्रोका लगानीकर्ताले ९.८८ प्रतिशतका दरले कमाएका छन् । हिमालयन ८०–२० का इकाईधनीले आज सर्वाधिक ६ प्रतिशतका दरले गुमाएका छन् ।

 

mediabaaji add

सम्बन्धित खबर

२५.८१ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम कति ?

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से  परिसूचक घटेको छ । आज नेप्से परिसूचक २५.८१ अंकले घटेर २७४४.४५ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३५१ कम्पनीको १ करोड २१ लाख ३४ हजार ३६० कित्ता सेयर खरिद बिक्री हुँदा रू ४ अर्ब ९८ करोडमाथिको सेयर कारोबार...

साहस ऊर्जा र एनआरएन इन्फ्रास्ट्रक्चरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, धितोपत्र बोर्डमा दिए आवेदन

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा दुई कम्पनीले हकप्रद निष्कासनको अनुमति मागेका छन् । साहस ऊर्जा लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडले शतप्रतिशत दरले हकप्रद सेयर निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिएका हुन् । 

साहस ऊर्ज...