नेपाल-भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन, सबै किसिमका कार्गो ढुवानी गर्न सकिने
काठमाडौँ । नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब सबै किसिमका कार्गो सामान कोलकाता र विशाखापटनम्, विराटनगर जोगवनी तथा नौतनवा सुनौली मार्ग हुँदै भैरहवासम्म ढुवानी गर्न सकिने भएको छ । संशोधनले नेपालको पारवहन लागत र समय दुवै घट्ने र व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।
आपूर्तिमन्त्री अनिलकुमार सिन्हा भारतको विशाखापटनम् जाने क्रममा आज भारत सरकारका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलसँग नयाँ दिल्लीस्थित भारतको वाणिज्य भवनमा भेटघाट गरेका थिए । सो अवसरमा दुवै देशबीच पारवहन सन्धिको संशोधित प्रोटोकलको औपचारिक आदानप्रदान गरिएको हो । यसअघि दुवै नाकाबाट सीमित चार वटा बल्क सामान मात्र रेलमार्फत ढुवानी गर्न सकिने व्यवस्था रहेकामा अब सबै प्रकारका कार्गो सामान रेल तथा सडक मार्गमार्फत पठाउन सकिने भएको प्रवक्ता बस्नेतले बताए ।
भेटका क्रममा नेपाल भारतबीचको द्विपक्षीय व्यापार, पारवहन व्यवस्था, व्यापार पूर्वाधार विकास तथा लगानी प्रवद्र्धनका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्री सिन्हाले दुवै देशबीचको व्यापार र पारवहन सहजीकरणका लागि प्रमाणीकरण प्रक्रिया सरलीकरण गर्नुपर्नेमा जोड दिएका थिए । त्यस अवसरमा मन्त्री सिन्हाले भारतको ‘छिमेकी पहिला नीति’ को प्रशंसा गर्दै उक्त नीतिअनुरूप द्विपक्षीय व्यापार, पारवहन तथा लगानी प्रवद्र्धनका क्षेत्रमा अझ सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गरे ।
एक्सप्रेस
सम्बन्धित खबर
भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा !
इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । त्रिपन्न उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ । संस्थाका अनुसार भार...
नेशनल लाईफको प्रशिक्षण एवं साँस्कृतिक कार्यक्रम भव्य रुपले सम्पन्न
काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले २०८३ बैशाख महिनामा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुको लागि ललितपुर स्थित होटल रोयल टुलिपमा एक प्रशिक्षण एवं साँकृतिक कार्यक्रम सम्पन्न गरेक...
दुई कम्पनीको शेयरमूल्यमा सर्किट, अन्य यी कम्पनीका लगानीकर्ता मालामाल !
काठमाडौँ । साता कारोबारको दोस्रो दिन मंगलबार नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ को विन्दुमा कायम भएको छ । यसदिन १८७ कम्पनीको शेयरमूल्य घट्दा ७८ कम्पनीको भने बढेको हो ।
आज सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज र क्रेष्ट माइक्रो लाइफको शेयरमूल्य स...
सेयर बजारमा भारी गिरावट, ९ अर्बमा झर्यो कारोबार
काठमाडौँ । बिहीबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसुचक ३३.८३ अंकले घटेर २,८३३.०३ विन्दुमा बन्द भएको छ, जुन १.१८ प्रतिशतको कमी हो । आज कुल २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ३१ करोड २८ लाख ६१ हजार रुपैयाँ...
सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा पाँच हजार ५०० रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा दुई लाख ६७ हजार २०० रुपैयाँ...
सुनको मूल्य बढ्यो, प्रतितोला कति ?
काठमाडौँ । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार र त्यति नै परिम...



