शनिबार, १४ कात्तिक २०८३
नेपाली

नेपाल-भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन, सबै किसिमका कार्गो ढुवानी गर्न सकिने

Main News Image

काठमाडौँ । नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब सबै किसिमका कार्गो सामान कोलकाता र विशाखापटनम्, विराटनगर जोगवनी तथा नौतनवा सुनौली मार्ग हुँदै भैरहवासम्म ढुवानी गर्न सकिने भएको छ । संशोधनले नेपालको पारवहन लागत र समय दुवै घट्ने र व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।

आपूर्तिमन्त्री अनिलकुमार सिन्हा भारतको विशाखापटनम् जाने क्रममा आज भारत सरकारका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलसँग नयाँ दिल्लीस्थित भारतको वाणिज्य भवनमा भेटघाट गरेका थिए । सो अवसरमा दुवै देशबीच पारवहन सन्धिको संशोधित प्रोटोकलको औपचारिक आदानप्रदान गरिएको हो । यसअघि दुवै नाकाबाट सीमित चार वटा बल्क सामान मात्र रेलमार्फत ढुवानी गर्न सकिने व्यवस्था रहेकामा अब सबै प्रकारका कार्गो सामान रेल तथा सडक मार्गमार्फत पठाउन सकिने भएको प्रवक्ता बस्नेतले बताए ।

भेटका क्रममा नेपाल भारतबीचको द्विपक्षीय व्यापार, पारवहन व्यवस्था, व्यापार पूर्वाधार विकास तथा लगानी प्रवद्र्धनका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्री सिन्हाले दुवै देशबीचको व्यापार र पारवहन सहजीकरणका लागि प्रमाणीकरण प्रक्रिया सरलीकरण गर्नुपर्नेमा जोड दिएका थिए । त्यस अवसरमा मन्त्री सिन्हाले भारतको ‘छिमेकी पहिला नीति’ को प्रशंसा गर्दै उक्त नीतिअनुरूप द्विपक्षीय व्यापार, पारवहन तथा लगानी प्रवद्र्धनका क्षेत्रमा अझ सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गरे ।

 

mediabaaji add

सम्बन्धित खबर

बुधबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७४...

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर, युरो र पाउण्डको मूल्य कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिद...

आपूर्ति सहज नभएसम्म निगमले ग्यास वितरण गर्ने

काठमाडौँ । नेपाल आयल निगमले बजारमा ग्यासको आपूर्ति सहज नहुन्जेल काठमाडौँको टेकु कार्यालयबाट ग्यास वितरण नियमित गर्ने भएको छ । बजारमा ग्यासको अभाव भएपछि निगमले गत बुधबारदेखि टेकु कार्यालयबाट डिपो सञ्चालन गरी विभिन्न ब्रान्डका ग्यास वितरण गर्दै आएको...

नेपाली श्रमिकका लागि १४९ देश खुला, श्रम सम्झौता भने १३ मै सीमित

काठमाडौँ । सरकारले नेपाली श्रमिकका लागि १४९ मुलुक खुला गरे पनि हालसम्म केवल १३ देशसँग मात्र द्विपक्षीय श्रम सम्झौता गरेको छ । माघ ११ गते नेपाल र साउदी अरबबीच श्रम सम्झौतामा हस्ताक्षर भएसँगै सम्झौता भएका मुलुकको संख्या १३ पुगेको हो ।

श्रम, रो...

डलरको मूल्य १५३ रुपैयाँ नाघ्यो, कुवेती दिनारको बिक्रीदर ५०० रुपैयाँ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले तोकेको नयाँ दररेट अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा कायम भएको छ ।

<...

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको म्याद तेस्रो पटक थप

काठमाण्डौँ । पृथ्वीराजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना पश्चिम खण्डको तेस्रो पटक म्याद थप गरिएको छ । पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी काठमाडौँसम्म जोड्ने यस राजमार्ग एसियाली विकास बैङ्क एडिबीको ऋण सहयोगमा चार वर्...