नेपाल-भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन, सबै किसिमका कार्गो ढुवानी गर्न सकिने
काठमाडौँ । नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब सबै किसिमका कार्गो सामान कोलकाता र विशाखापटनम्, विराटनगर जोगवनी तथा नौतनवा सुनौली मार्ग हुँदै भैरहवासम्म ढुवानी गर्न सकिने भएको छ । संशोधनले नेपालको पारवहन लागत र समय दुवै घट्ने र व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।
आपूर्तिमन्त्री अनिलकुमार सिन्हा भारतको विशाखापटनम् जाने क्रममा आज भारत सरकारका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलसँग नयाँ दिल्लीस्थित भारतको वाणिज्य भवनमा भेटघाट गरेका थिए । सो अवसरमा दुवै देशबीच पारवहन सन्धिको संशोधित प्रोटोकलको औपचारिक आदानप्रदान गरिएको हो । यसअघि दुवै नाकाबाट सीमित चार वटा बल्क सामान मात्र रेलमार्फत ढुवानी गर्न सकिने व्यवस्था रहेकामा अब सबै प्रकारका कार्गो सामान रेल तथा सडक मार्गमार्फत पठाउन सकिने भएको प्रवक्ता बस्नेतले बताए ।
भेटका क्रममा नेपाल भारतबीचको द्विपक्षीय व्यापार, पारवहन व्यवस्था, व्यापार पूर्वाधार विकास तथा लगानी प्रवद्र्धनका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्री सिन्हाले दुवै देशबीचको व्यापार र पारवहन सहजीकरणका लागि प्रमाणीकरण प्रक्रिया सरलीकरण गर्नुपर्नेमा जोड दिएका थिए । त्यस अवसरमा मन्त्री सिन्हाले भारतको ‘छिमेकी पहिला नीति’ को प्रशंसा गर्दै उक्त नीतिअनुरूप द्विपक्षीय व्यापार, पारवहन तथा लगानी प्रवद्र्धनका क्षेत्रमा अझ सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गरे ।
एक्सप्रेस
सम्बन्धित खबर
बजारमा ग्यास अभाव हुँदैन : निगम
काठमाडौँ । नेपालमा आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति नियमित भइसकेकाले अभाव नभएको जनाएको छ । भारतको बरौनी रिफाइन केन्द्र मर्मत गर्न एक हप्ता बन्द भई टाढा रहेको पारादीप रिफाइनरी केन्द्रबाट ग्यास आपूर्ति गर्दा समय लाग्ने हुँदा कम भई...
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनका लागि ०.५% मा ’इभी अटो कर्जा’ सुरु
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई लक्षित गर्दै नयाँ विद्युतीय सवारी साधनका लागि आधार दर ०.५% बाट सुरुको विशेष ब्याजदरमा कर्जा सुविधा ल्याएको छ । वातावरणमैत्री यातायात र दिगो बैंकिङलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकले...
साताभर १२.७८ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?
काठमाडौँ । यस साता नेप्से परिसूचक १२.७८ अंकले बढेर २६५४.९३ विन्दुमा आईपुगेको छ। गत साता २६४२.१५ विन्दुमा बन्द भएको नेप्से यो साता १२.७८ अंक बढेर २२६५४.९३ विन्दुमा पुगेको हो । यस साता पाँचै कारोबार दिन बजार खुलेको थियो। जसमा चार कारोबार दिन नेप्से...
पुँजी बजार ४५ अकंले बढ्योः बैंक तथा वित्तीय क्षेत्रमा चमक !
काठमाडौँ । शेयर बजारमा लगातार उतार–चढाव जारी रहेको छ । मंगलबार बजार झिनो अंकले घटेपनि बुधबार सुधार देखिएको छ । आज बढेपनि हालको उतार चढाब विशेष गरी सम्पत्ति शुद्धीकरण सम्बन्धी कडाइको असर मानिएको छ ।
अवैध लगानी नियन्त्रणका लागि ल्याइएका नीतिह...
बिहीबार ५९०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीमा पनि भारी वृद्धि
काठमाडौँ ।नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँले बढेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५० हजार २००...
नेप्सेमा ३२ अंकको गिरावट, २१ अर्ब ५० करोडको कारोबार
काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक घटेको छ । अघिल्लो दिन १६२ अंकको ऐतिहासिक वृद्धि भएर बन्द भएको सेयर बजारले आज ३२.०८ अंकको करेक्सन गरेको हो । योसँगै बजार परिसूचक २८४३.३५ विन्दुमा झरेको छ ।



