अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई
काठमाण्डौँ । सङ्गीतकार, गायक तथा गीतकार अम्बर गुरुङको स्मृतिमा स्थापना गरिएको ‘अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार’ यस वर्ष मूर्धन्य सङ्गीतकार, गायक तथा गीतकार शम्भुजीत बास्कोटालाई प्रदान गरिएको छ । दार्जिलिङको मिरिकस्थितलभ एन्ड सपोर्ट फाउन्डेसन तथा अम्बर गुरुङ सालिक निर्माण संरक्षण समितिद्वारा बास्कोटालाई भारतीय रुपैयाँ ५१ हजार १११ नगद र ताम्रपत्रसहित सो पुरस्कार प्रदान गरेको हो ।
मिरिकमा आइतबार आयोजित कार्यक्रमा संस्थाका अध्यक्ष कैलाश राई, सचिव डी। केगिरी, प्रमुख अतिथि गोविन्द सिंह क्षेत्री तथा संस्थापक अध्यक्ष मनोज राइलगायतले बास्कोटालाई सो पुरस्कार सहित सम्मानगर्नुभएको सो संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
साथै नयाँ पुस्तामाझ अम्बर गुरुङका कालजयी धुन तथा सिर्जनालाई स्मरण र संरक्षण गर्ने उद्देश्यले साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको र सो कार्यक्रममा सङ्गीतकार तथा गीतकार बास्कोटालाई सम्मान गरिएको थियो ।
विज्ञप्तिमा भनिएको छ, “हाम्रा स्रष्टा–सर्जकलाई सम्मान गर्नु केवल एउटा कार्यक्रम होइन, उहाँहरूको सिर्जनायात्राप्रति हाम्रो कृतज्ञता र नेपाली कला संस्कृतिप्रतिको सम्मान पनिहो । यस्ता कार्यक्रमहरु एवं मान सम्मानले नेपालीकला र संस्कृतिलाई आगामी पुस्तामाझ पनि सुपरिचित गराउँदै लैजानेछ ।”
सन् १९७१ मा सङ्गीत निर्देशक तथा गायकका रूपमा व्यावसायिक साङ्गीतिक यात्रा सुरु गर्नुभएका बास्कोटाले नेपाली सङ्गीत, चलचित्र, टेलिभिजन तथा सांस्कृतिक क्षेत्रमा पाँच दशकभन्दा लामो समयदेखि योगदान पु¥याउँदै आउनुभएको छ । उहाँले ३६४ भन्दा बढी नेपालीचलचित्रमा सङ्गीत निर्देशन तथा दुई हजारभन्दा बढी गीतमा सङ्गीत सिर्जनागर्नु भएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
‘गोपाल पाँडे असीम पुरस्कार’ तथा ‘लेबाल त्रिरत्न पुरस्कार’ प्रदान
काठमाडौँ । नेपाली शिक्षा परिषद्ले संस्थाको ७६औँ वार्षिकोत्सव तथा परिषद्का संस्थापक गोपाल पाँडे असीमको ११४औँ जन्मजयन्तीका अवसरमा दुई पुरस्कार प्रदान गरेको छ ।
आइतबार सोह्रखुट्टे काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रश...
गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक
प्रज्ञा-प्रतिष्ठानमा पुस्तकालयको महत्त्व र पठनसंस्कृति बारे विमर्श सम्पन्न !
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीद्वारा नेपाल लाइब्रेरी फाउन्डेसन,नेपालसँगको सहकार्यमा आयोजित “पठन–संस्कृतिको विकासमा सामाजिक दायित्व” विषयक विचार–गोष्ठी तथा “शब्दचित्रमा नेपाल लाइब्रेरी फाउन्डेसन&rdqu...
पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक
काठमाडौँ । वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण प्रकाशित भएको छ । शिखा बुक्स प्रालिले प्रकाशनमा ल्याएको सो पुस्तकको स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ, साहित्यकार जयदेव भट्टराई,...
प्रज्ञा-प्रतिष्ठानमा पुरानादेखि नयाँ सम्मका पुस्तक प्रदर्शनी
मिडियाबाजी काठमाडौँ ।२०८२ पुस १४ गते आइतबार ।"सबै भाषा,सबै ज्ञान,सबैको प्रज्ञा-प्रतिष्ठान"भन्ने उद्घोषसहित नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनीको समुद्घाटन रातो रिबन काटेर गर्नुभएको थियोे।...
बागमती साहित्य महोत्सव संस्करण दुइ चितवनमा हुने
मिडियाबाजी डटकम,काठमाडौँ । साहित्य, कला र संस्कृतिको प्रवर्द्धन तथा बागमती सभ्यताको संरक्षण गर्ने उद्देश्यका साथ “बागमती साहित्य महोत्सव २०८३” चितवनमा आयोजना हुने भएको छ । महोत्सव आगामी जेठ १६ र १७ गते नारायणगढ उद्योग वाणिज्य संघको हलमा सञ्चालन हु...



