एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने
काठमाडौँ । नेपाल प्रिमियर लिग एनपिएलको तेस्रो संस्करणका सम्पूर्ण खेलले अन्तरराष्ट्रिय क्रिकेट परिषद् आइसिसीको आधिकारिक ‘लिस्ट ए टी–२०’ मान्यता पाउने भएका छन् । नेपाल क्रिकेट सङ्घ ९क्यान० का अनुसार यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय, अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने एनपिएलका सबै खेलले उक्त मान्यता भएका हुन् ।
आइसिसीको ‘लिस्ट ए टी–२०’ मान्यता प्राप्त भएपछि एनपिएलका खेलमा खेलाडीले गरेको प्रदर्शन आधिकारिक टी–२० तथ्याङ्कमा समावेश हुनेछ ।
‘लिस्ट ए टी–२०’ को आधिकारिक मान्यता प्राप्त गरेको हुँदा यसले नेपाली क्रिकेटको विकास, व्यावसायिकता तथा अन्तरराष्ट्रिय पहिचान अभिवृद्धिमा थप योगदान पुर्याउने क्यानका सचिव पारस खड्काले बताउनुभयो ।
एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ । यसपालि पनि लिगमा आठवटा टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
विश्वकप छनोट : आज ओमानविरुद्ध भिड्दै नेपाल
ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा...
निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने
पोखरा । विभागीय टोली एपीएफ क्लबकी स्पाइकर निरुता ठगुन्नाले छैटौं टाइगर कपअन्तर्गत थाइल्यान्ड क्विन्सवविरुद्धको खेल गुमाउने भएकी छन् । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बिहीबार एपीएफले तेस्रो स्थानका लागि थाइल्यान्ड क्विन्सलाई चुनौती प्रस...
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
काठमाडौँ । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएल २०२६ को उपाधि जितेको छ । आइतबार राति भएको फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेंगलुरुले उपाधि रक्षा गरेको हो ।
टी-२० आई सिरिजको दोस्रो खेलमा नेपाल र यूएई भिड्दै
काठमाडौँ । काठमाडौँमा जारी टी-२० आई सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेदेखि शुरू हुनेछ । डे नाइट खेल पहिलो पटक फ्लडलाइटमा भइरहेको हो । यसअघि सोमबार भएको पहिलो खेलमा नेपा...
आइसिसी वुमन्स टी-२० विश्वकप : नेपाल लगातार दोस्रो खेलमा पराजित
काठमाडौँ । आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाललाई नेदरल्यान्ड्सले २ रनको झिनो अन्तरले पराजित गरेको हो।
महिला गोल्डकपमा उद्घाटन खेल जितेर पुलिस फाइनलमा, विजेतालाई पाँच लाख
कास्की । देशको पर्यटकीय राजधानी पोखरामा शुक्रबारदेखि महिला गोल्डकप फुटबल प्रतियोगिता शुरू भएको छ । यो प्रतियोगिता पोखरामा आयोजना भएको महिलाको पहिलो प्रतियोगिता हो ।
आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको...



