संवेदनशील सूचना चुहावटको आरोपमा एआईजी वंशीराज दाहाल निलम्बित, समिति गठन
काठमाडौँ । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक एआईजी वंशीराज दाहाललाई निलम्बन गरेको छ। सोमबार मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार सशस्त्र प्रहरी बल, नेपालले दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको भन्दै कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस गरेको थियो।
उक्त सिफारिसका आधारमा मन्त्रालयले असोज १९ गतेको निर्णयअनुसार उनलाई निलम्बन गर्दै घटनाको छानबिन गर्न जाँचबुझ अधिकृत तोकेको जनाएको छ।
मन्त्रालयले तोकिएको जाँचबुझ अधिकृतलाई तीन दिनभित्र अनुसन्धान सम्पन्न गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। छानबिनबाट प्राप्त निष्कर्षका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने मन्त्रालयको भनाइ छ।
एक्सप्रेस
सम्बन्धित खबर
वैशाखदेखि हालसम्म देशभर चार हजार ५३ विपद्का घटना
काठमाडौँ । गत वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशभर कुल चार हजार ५३ विपद्का घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा १९६ जनाको ज्यान गएको छ । यस्तै, एक हजार २१८ जना घाइते भएका छन् भने चार बेपत्ता...
सुनसरीको देवानगञ्ज र हरिनगरमा अनिश्चितकालीन कर्फ्यु
इनरुवा । साउने सोमबारको बोलबम यात्राका क्रममा डिजे बजाउने विषयलाई लिएर दुई समुदायबीच भीषण झडप, तोडफोड र आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका संवेदनशील क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।&n...
महादेवबेँसीमा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना : एक जनाको मृत्यु
धादिङ । थाक्रे गाउँपालिकास्थित महादेवबेंसी नजिकै दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । काठमाडौंबाट रसुवाका लागि छुटेको बागमती प्रदेश ०१००६ ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौं जाँदै गरेको प्रदेश ३,०१००६ ख १५५२ नम्बरको बस आज...
बजारमा खाना पकाउने ग्यास अभाव, आयात भने नियमित
भैरहवा । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन् । स्थानीय उपभोक्ताहरूका अनुसार एउटा ग्यास सिलिण्डरक...
हिमताल फुट्ने जोखिम घटाउन नेपालमा ५० मिलियन डलरको परियोजना, चार उच्च जोखिमका तालमा निगरानी
काठमाण्डौँ । नेपालले हिमताल विस्फोटबाट हुने बाढीको जोखिम घटाउन ५० मिलियन अमेरिकी डलर बराबरको परियोजना अघि बढाउने तयारी गरेको छ। परियोजनाले चार उच्च जोखिमयुक्त हिमताल ठूलागी, लोअर बरुण, लुम्दिङ त्सो र होङ्गु–२ लाई लक्षित गर्नेछ ।
परियोजनाका ल...
११ महिनामा ६ हजार विपद्का घटना, ४६४ जनाको मृत्यु
काठमाण्डौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४ सय ६४ जनाको ज्यान गएको छ । विपद्का कारण ३८ जना बेपत्ता हुँदा एक हजार...



