शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

हेटौंडा सडक विस्तार योजना कार्यान्वयनतर्फ, स्थानीय तह र केन्द्रबीच सहमति

Main News Image

हेटौंडा । लामो समयदेखि अधुरो र अलपत्र अवस्थामा रहेको हेटौंडा बजार क्षेत्रको सडक विस्तार प्रक्रिया फेरि एकपटक तीव्र गतिमा अघि बढ्ने संकेत देखिएको छ। हेटौंडाका स्थानीय तहका जनप्रतिनिधि, प्रशासन र सरोकारवालासँगको विस्तृत छलफल पछि शहरी विकास तथा पूर्वाधार मन्त्री कुलमान घिसिङले दिएको निर्देशनपछि सडक डिभिजन कार्यालय हेटौंडाले सडक सीमा खाली गराउने सूचना जारी गर्ने अन्तिम तयारी पूरा गरेको छ।

छलफलमा सहभागी प्रतिनिधिहरूले दशकौँदेखि थन्किएको सडक विस्तार, अव्यवस्थित संरचना र त्यसका कारण स्थानीयले भोग्दै आएका कठिनाइबारे विस्तृतरूपमा चिन्ता व्यक्त गरेका थिए। बैठकमा मन्त्री घिसिङले हेटौंडाको मुख्य व्यापारिक मार्गलाई दीर्घकालीन रूपमा स्तरीय, सुरक्षित र व्यवस्थित बनाउने योजनासह तत्कालीन चरणमा सडक सीमा खाली गराउने सूचना सार्वजनिक गर्नु अपरिहार्य भएको बताए।

‘हेटौंडाको सडक विस्तार अब कुनै बहानामा रोकिँदैन, बजेटको अभाव हुनुहुन्न,’ मन्त्री घिसिङले भनेपछि सडक डिभिजन कार्यालयले तयारी अवस्थामा राखिएको सूचना जारी गर्ने प्रक्रियालाई तीव्रता दिएको हो।

mediabaaji add

सम्बन्धित खबर

यस्तो छ आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम

काठमाडौँ । काठमाडौं उपत्यका चिसो बढ्दै गइरहेको छ । तर, आज बिहान हिजोको तुलनामा थोरै तापक्रम बढी छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५ः४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्...

मेघालय कोइलाखानी विस्फोटन घटना : खोटाङको एउटै गाउँका तीनको मृत्यु, एक जना बेपत्ता

खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटका घटनामा यहाँका तीन युवकले अकालमा ज्यान गुमाएका छन् भने अझै एक जना बेपत्ता भएका छन् । सो घटनामा अन्य दुई जना गम्भीर घाइते भएका जनाइएको छ । मेघालयस्थित पूर्वी जयन्तीया हिल्समा सञ्चालित अवैध कोइलाख...