शुक्रबार, ०६ कात्तिक २०८३
नेपाली

राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकाका लागि बाहिरैबाट ग्यास भर्न थालियो

Main News Image

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि सङ्घीय राजधानी काठमाडौँ बाहिरका उद्योगहरूमा खाना पकाउने ग्यास भरेर उपत्यका पठाउन थालिएको छ । ग्यास बोकेका बुलेटहरू मुख्य राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ छिर्न नसकेपछि बाहिरका प्लान्टहरूमा सिलिन्डर भरेर वैकल्पिक मार्गबाट पठाइएको हो ।

नेपाल एलपी ग्यास उद्योग संघका अनुसार काठमाडौँ उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा ग्यास उद्योगहरूले चितवन, बारा, पर्सा, मकवानपुर, र नवलपरासीका उद्योगहरूसँग समन्वय गरी ग्यास सिलिन्डर भर्ने व्यवस्था मिलाएका छन् ।

यसक्रममा साल्ट ट्रेडिङ कर्पोरेसनको ‘एसटिसी ग्यास’ वीरगञ्जको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ । यस्तै, धादिङ नौबिसेमा प्लान्ट रहेको श्री ग्यासका लागि चितवनको बाबा ग्यासले एक हजार ५०० सिलिन्डर भरेर पठाएको छ ।


mediabaaji add

सम्बन्धित खबर

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूका लागि भारतस्थित मेदांता अस्पतालमा विशेष स्वास्थ्य सेवा छुटको व्यवस्था गरेको छ । यस सहकार्यसँगै ग्राहकहरूले अब मेदांता अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट प्राप्त...