बुधबार, ११ कात्तिक २०८३
नेपाली

सरकारसँग छ बुँदे सहमतिपछि टुट्यो डा. निकोलस र हरिशको अनशन

Main News Image

काठमाडौँ । सरकारले डा निकोलस भुसाल र हरिश विष्टसँग छ बुँदे सम्झौता गरेसँगै उनीहरूको ११ औँ दिनको अनशन अन्त्य भएको छ । शुक्रबार सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल तथा अनशनरत डा भुसाल र विष्टबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापछि प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा जुस खुवाउँदै दुवैको अनशन तोडाएकी छिन् । 

‘शान्ति, समृद्धि, सुशासन पहिला देश’ भन्ने मूल नारासहित अनशनरत उनीहरू र नेपाल सरकारबीच भएको सहमतिमा विभिन्न राजनीतिक, कानुनी र संरचनागत सुधारका विषय समेटिएका छन् । सम्झौताअनुसार जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित छानबिन आयोगको प्रतिवेदन प्राप्त भएको १५ दिनभित्र दोषीमाथि कानूनी कारबाही प्रक्रिया अघि बढाइने उल्लेख छ ।

त्यस्तै आन्दोलनमा संलग्न भएकै कारण थुनामा रहेका, अनुसन्धान वा अभियोजन भोगिरहेका व्यक्तिहरूको हकमा गम्भीर अपराधमा संलग्न नरहेको पुष्टि भएमा एक महिनाभित्र मुद्दा फिर्ता र रिहाइ गरिने सहमति भएको छ ।

सम्झौतामा राजनीतिक तथा नीतिगत भ्रष्टाचार नियन्त्रण गर्न १५ दिनभित्र कार्यादेश तयार गरी उच्चस्तरीय छानबिन आयोग गठन गर्ने उल्लेख छ। आयोगले सार्वजनिक पदधारीको सम्पत्ति छानबिन, दलीयकरण अन्त्य तथा प्रशासनिक पुनर्संरचनासम्बन्धी सिफारिस गर्नेछ । यसैगरी, वैदेशिक मताधिकार सुनिश्चित गर्न आगामी निर्वाचनमा विदेशबाट मतदान गर्न सकिने प्रविधि विकास गर्ने प्रतिबद्धता सरकारले गरेको छ । सम्झौतामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश सरकारको स्वरूपलगायत संवैधानिक तथा शासकीय सुधारका विषयमा अध्ययन गरी सुझाव दिन एक महिनाभित्र ‘संविधान संशोधन सुझाव आयोग’ गठन गरिने उल्लेख गरिएको छ ।

mediabaaji add

सम्बन्धित खबर

सशस्त्र प्रहरी बलका ७१ जना डीएसपीको सरूवा

काठमाडौँ । सशस्त्र प्रहरी बल एपीएफले ७१ जना सशस्त्र प्रहरी नायब उपरीक्षक डीएसपीको सरुवा गरेको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले सशस्त्र प्रहरी महानिरीक्षकको असार १९ गतेको निर्णय अनुसार संगठनको प्रशासनिक आवश्यकता र कार्यसम्पादनलाई प्रभावकारी बना...

लाइसेन्सको विवरण अब विभागको फेसबुकमा

काठमाडौँ । यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र लाइसेन्सको विवरण अब फेसबुकमा राख्ने भएको छ । विभागले बिहीबार सूचना जारी गरी सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका ला...

उच्च पहाडी र हिमाली क्षेत्रमा कार्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह

काठमाडौँ । अध्यागमन विभागले कार्तिक १२, १३ र १४ गते पदयात्रा नगर्न र नगराउन आग्रह गरेको छ। विभागले मगंलबार सूचना जारी गर्दै कार्तिक १२ देखि १४ गतेसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको उल्लेख गरे...