बुधबार, ११ कात्तिक २०८३
नेपाली

चन्द्रमाको परिक्रमा गरेर ४ अन्तरिक्षयात्री सकुशल पृथ्वीमा फर्कियो

Main News Image

काठमाडौँ । चन्द्रमाको परिक्रमा पूरा गर्दै करिब १० दिन अन्तरिक्षमा बिताएपछि आर्टेमिस–२ मिसनका चार अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फर्किएका छन्। शुक्रबार उनीहरू सवार ओरायन क्याप्सुल प्रशान्त महासागरमा सफलतापूर्वक अवतरण भएको हो । आधा शताब्दीभन्दा बढी समयपछि मानिसलाई चन्द्रमाको नजिक पुर्‍याएर सुरक्षित रूपमा पृथ्वीमा फर्काइएको यो पहिलो ऐतिहासिक मिसन हो ।

अप्रिल १ मा फ्लोरिडाको केप क्यानाभेरलबाट स्पेस लन्च सिस्टम एसएलएस रकेटमार्फत प्रक्षेपण गरिएको यो मिसनले कुल ११ लाख १७ हजार ५१५ किलोमिटर दूरी तय गरेको थियो । मिसनमा अमेरिकी अन्तरिक्ष यात्री रिड वाइसम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानेडियन अन्तरिक्ष यात्री जेरेमी ह्यान्सन सहभागी थिए ।

यस यात्राले थुप्रै कीर्तिमान कायम गरेको छ । ग्लोभर चन्द्रमाको नजिक पुग्ने पहिलो अश्वेत, कोच पहिलो महिला र ह्यान्सन पहिलो गैरअमेरिकी नागरिक बनेका छन् । टोली पृथ्वीबाट ४ लाख ६ हजार ७७१ किलोमिटरभन्दा टाढा पुग्दै सन् १९७० को एपोलो–१३ मिसनको दूरी कीर्तिमानलाई समेत पार गरेको छ ।


mediabaaji add

सम्बन्धित खबर

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ...

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

काठमाडौँ । बैंककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ। उद्धार गरिएका सबै स्वदेश फर्केका छन् । विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धा...

नयाँ प्रणालीबाट विद्युतीय राहदानी

काठमाण्डौँ । अब सरकारले वितरण गर्ने विद्युतीय राहदानी नयाँ प्रणालीमार्फत नागरिकले पाउने भएका छन् । नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको राहदानी विभागले जनाएको छ । 

विगतमा फ्रान्सको आइडिया कम्पनीको प्रविध...

महाकालीमा पानीको बहाव बढ्यो, बनवासा पुलमा आवागमन प्रभावित

महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि आज  बिहानैबाट कञ्चनपुरको गड्डाचौकी नाकाको आवागमन प्रभावित बनेको छ । महाकाली नदीमा जलस्तर बढेसँगै पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत आवतजावत गर्ने चारपाङ्ग्रे सवारी साधनलाई शारदा ब्यारेज बनवासा...

मनसुनमा विशेष सतर्कता अपनाउन आग्रह : २४ घण्टामा विपद्का ४७ घटना, ३ जनाको मृत्यु

काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशभर बाढी, पहिरो, डुबान, चट्याङ र सर्पदंश जस्ता विपद्को जोखिम बढेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आम नागरिकलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ ।

प्राधिकरणले जनधनको सुरक्षालाई प...

मौसम पूर्वानुमान : यी स्थानमा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भूभागका केही स्थानमा तुँवालो लागेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ साथै बागमती र लुम्बिनी प्रदेशका पहाडी तथा हिम...