इरानमाथि अमेरिकी दबाब बढेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट !
काठमाण्डौँ । इरानमाथि अमेरिकी आर्थिक दबाब थप कडा हुने संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप आर्थिक कारबाही घोषणा गरेपछि सोमबार तेल बजारमा गिरावट देखिएको हो । अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य २ दशमलव ३ प्रतिशतले घटेर प्रतिब्यारेल करिब ९२ अमेरिकी डलरमा झरेको छ ।
अमेरिकी कच्चा तेलको मूल्यमा पनि समान दरमा गिरावट आएको छ । तेलको मूल्य घटेसँगै एसियाली सेयर बजारमा समेत मिश्रित प्रभाव देखिएको छ। दक्षिण कोरियाको प्रविधि क्षेत्र केन्द्रित कोस्पी सूचक १ दशमलव ४ प्रतिशतले घटेको छ । टोकियो, साङ्घाई, ताइपेई र वेलिङ्टनका बजार पनि ओरालो लागेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
अमेरिकासँग अन्तिम सम्झौताका लागि वार्ता अझै सुरु नभएको इरानको दाबी
काठमाण्डौँ । इरानले आफ्नो आणविक कार्यक्रमसहित अमेरिकासँग हुने अन्तिम शान्ति सम्झौता सम्बन्धी औपचारिक वार्ता अझै सुरु नभएको दाबी गरेको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सरकारी प्रसारक आईआरआईबीसँग कुरा गर्दै अन्तिम सम्झौताका लागि...
इरानसँग शान्ति सम्झौताको लागि अमेरिकी वायुसेनाका ४ विमान जेनेभातर्फ उडे
काठमाडौँ । अमेरिका र इरानबिच हुन लागेको ऐतिहासिक प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गर्ने विशेष प्रयोजनका लागि अमेरिकी वायुसेनाका चारवटा विशाल ‘सी–१७’ मालवाहक विमानहरू आवश्यक कूटनीतिक तथा सुरक्षा सामग्रीसहित युरोप प्रस्थान गरेका छन् ।
प्रति...
इन्डोनेसियामा बाढी र पहिरोका कारण कम्तीमा ८४ जनाको मृत्यु
काठमाडौँ । इन्डोनेसियाको सुमात्रा टापुमा आएको बाढी र पहिरोका कारण कम्तीमा ८४ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको उद्धार अधिकारीहरूले शुक्रबार बताएका छन् । इन्डोनेसियाको छिमेकी मुलुक मलेसिया र थाइल्यान्डमा पनि...
कुवेत आक्रमणमा नेपालीको निधन, परराष्ट्र मन्त्रालयद्वारा कूटनीतिक पहल र संयमताका लागि आह्वान
काठमाडौँ । उत्तरपूर्वी कुवेतको सिमाना नजिक इरानद्वारा सञ्चालित ड्रोन आक्रमणका क्रममा एक निर्दोष नेपाली नागरिकको ज्यान गएपछि नेपाल सरकारको परराष्ट्र मन्त्रालयले गहिरो दुःख व्यक्त गर्दै उक्त घटनाको कडा शब्दमा भर्त्सना गरेको छ ।
सर्वसाधारण नागर...
इरानी हमलापछि अमेरिकी एफ–३५ को आपतकालीन अवतरण
काठमाडौँ । इरानी हमलापछि अमेरिकाको एक एफ–३५ लडाकु विमानलाई बिहीबार आपतकालीन अवतरण गराइएको छ । सीएनएनले स्रोतलाई उद्धृत गर्दै यसबारे रिपोर्ट सार्वजनिक गरेको छ । अमेरिकी सेनाको मध्य कमान्ड सेन्टकमका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार पाँचौँ पुस्...
पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम
काठमाडौँ । पाकिस्तान र अफगानिस्तानले बुधवार दुई पक्षबीच युद्धविरामको घोषणा गर्न छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन् । जुन लागू भएको छ ।
पाकिस्तानको विदेश कार्यालयले बुधवार भनेको छ कि अफगानिस्तान पक्षको अनुरोधमा, पाकिस्तान र अफगानिस्तान स...



