बुधबार, ११ कात्तिक २०८३
नेपाली

बालेनको राजीनामापछि एक वर्षका लागि काठमाडौंका मेयर रविका दाजु हरिशरण लामिछाने !

Main News Image

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच सात बुँदे सहमति भएसँगै अब काठमाडौं महानगरपालिकाको मेयर पद रिक्त हुने देखिएको छ । सहमति अनुसार बालेन प्रधानमन्त्री बन्नका लागि प्रतिनिधि सभाको निर्वाचनमा सांसद पदका लागि उम्मेदवार बन्नेछन् ।

संविधान र कानुनी व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचित जनप्रतिनिधि आफ्नो पदबाट राजीनामा नदिइ अर्को निर्वाचनमा उम्मेदवार हुन पाइँदैन । कानुनअनुसार स्थानीय तहको कुनै पनि निर्वाचित जनप्रतिनिधि अर्को निर्वाचनमा उम्मेदवार हुन चाहेमा मनोनयन गर्ने दिन नै पदमुक्त भइसकेको हुनुपर्छ ।

बालेनले राजीनामा दिएसँगै काठमाडौं महानगरको प्रमुख पद रिक्त हुनेछ । संविधानअनुसार महानगर, उपमहानगर वा नगर कार्यपालिकाको प्रमुख वा उपप्रमुख पद रिक्त भएको अवस्थामा उक्त पदको कार्यकाल एक वर्ष वा सोभन्दा बढी बाँकी भएमा सो पदको पूर्ति उपनिर्वाचनबाट हुन्छ ।

सरकारले प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गतेका लागि तोकेको छ । जसको अर्थ बालेनले त्योभन्दा पहिल्यै अर्थात सो निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्नुभन्दा अगावै काठमाडौंको मेयर पदबाट राजीनामा दिनुपर्ने हुन्छ । काठमाडौंको मेयरको निर्वाचन २०७९ बैशाखको अन्तिममा भएकोले आगामी बैशाखभित्र यो पद रिक्त भएमा कम्तीमा एक वर्ष कार्यकाल बाँकी हुने भएकोले उपनिर्वाचन गर्नुपर्छ ।

mediabaaji add

सम्बन्धित खबर

भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अघि बढेको एमाले महासचिव पोखरेलको टिप्पणी

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अगाडि बढाएको बताएका छन् । सोमबार नेकपा ९एमाले० को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा आयोजित संवाद...

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । बैठक १ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा पुनः बस्ने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बिहीबारबाट प्रारम्भ भएको बैठकम...

नेपाली कांग्रेसले थप्यो क्रियाशील सदस्यता वितरण र नवीकरणको म्याद

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, नवीकरण र नयाँ सदस्यता विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने म्याद थप गरेको छ । पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आइतबार ललितपुरस्थित...