बुधबार, ११ कात्तिक २०८३
नेपाली

साता दिनपछि घट्यो सेयर बजार, कारोबार पनि बढेन

Main News Image

काठमाडौँ । लगातार ६ कारोबार दिन बढेको सेयर बजार बुधबार १३.९५ अंकले घट्दै नेप्से परिसूचक २,७१२ अंकमा झरेको छ । कारोबार रकम पनि अघिल्लो दिनको ६ अर्ब ६७ करोड रुपैयाँबाट घटेर ५ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ ।

आज ७७ कम्पनीको सेयर मूल्य बढ्दा १९३ कम्पनीको मूल्य घट्यो भने ७ कम्पनीको मूल्य स्थिर रह्यो । फाइनान्स र उत्पादन तथा प्रशोधन समूहबाहेक अधिकांश उपसूचक ओरालो लागेका छन् । एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढ्दा बुंगल हाइड्रोपावर, सालपा विकास बैंक र पियोर इनर्जी पनि उच्च वृद्धि हुने कम्पनीमा रहे । रकमका आधारमा रिडी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर र रिलायन्स स्पिनिङ मिल्सको कारोबार सबैभन्दा बढी भयो ।

mediabaaji add

सम्बन्धित खबर

राष्ट्रिय वाणिज्य बैंकको सिइओमा देवेन्द्ररमण खनाल नियुक्त

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओमा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । यसअघि राष्ट्रिय वाणिज्य बैंकमै सिइओका रूपमा कार्यरत खनाललाई बैंक सञ्चालक समितिले बिहीबार दोश्रो कार्यकालका लागि पुनस्  सिइओ नियुक्त गरेको...

विदेशी मुद्राको विनिमयदर : डलर, युरो र पाउण्डको भाउ बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले तोकेको नयाँ दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा कायम भएको छ ।

त्यसैगरी युरोप...

अमेरिकी डलर र युरोको भाउ बढ्यो, अरुको कति ?

काठमाडौं । आज अमेरिकी डलर र युरोको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिककी डलर एकको खरिद दर १५१.८५ र बिक्री दर १५२.४५ रहेको छ । सोमबार खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ थियो । आज युरोको खरिद दर १७७.६८ र बिक्री दर १७८.३८...

हेटौंडाको शिवम् सिमेन्ट उद्योगको लाइन काटियो

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटियामा रहेको शिवम सिमेन्ट उद्योगको विद्युत लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर प्रिमि...

बिहीबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०८ पैसा र बिक्...

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा तोकिएको छ ।