१६ वर्षपछि स्पेन विश्वकपको क्वाटरफाइनलमा, पोर्चुगल पराजित
काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ-१६ अन्तर्गत भएको रोमाञ्चक तथा निकै प्रतिस्पर्धात्मक खेलमा स्पेनले पोर्चुगललाई १(० ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। यस पराजयसँगै उपाधि दाबेदार मानिएको पोर्चुगलको विश्वकप यात्रा भने नकआउट चरणमै टुङ्गिएको छ ।
अमेरिकाको डलासस्थित खेलमैदानमा भएको उक्त खेलमा दुवै टोलीले सुरुदेखि नै आक्रामक रणनीति अपनाएका थिए। निर्धारित ९० मिनेटको समयसम्म दुवैतर्फबाट निकै प्रयास भए पनि कुनै पनि पक्षबाट गोल हुन सकेन। खेल अतिरिक्त समयतर्फ धकेलिने निश्चित जस्तै देखिँदै गर्दा दोस्रो हाफको इन्जुरी समयमा स्पेनका मिकेल मेरिनोले उत्कृष्ट गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए। खेलभरि बल पोजेसन र आक्रामक मुभमा अब्बल देखिएको स्पेनका लागि मेरिनोको यही प्रहार नै निर्णायक साबित भयो।
यो जित स्पेनका लागि निकै ऐतिहासिक र महत्वपूर्ण बनेको छ। स्पेन १६ वर्षको लामो प्रतीक्षापछि पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो। यसअघि सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा पहिलो पटक च्याम्पियन बनेयता स्पेन त्यसपछिका संस्करणहरूमा क्वाटरफाइनलसम्म पनि पुग्न सकेको थिएन।
एक्सप्रेस
सम्बन्धित खबर
विश्वकप २०२६ : इराकमाथि सेनेगलको ५–० को फराकिलो जित
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा अफ्रिकी राष्ट्र सेनेगलले एसियाली प्रतिद्वन्द्वी इराकमाथि ५,० गोलको फराकिलो जित दर्ता गरेको छ । क्यानडाको टोरन्टोस्थित रंगशालामा आज बिहान सम्पन्न एकपक्षीय खेलमा जित निकाल्दै सेनेगल...
विश्वकपअघि नेपालको दमदार सुरुवात, यूएई ७ विकेटले पराजित
काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ को तयारीमा रहेको नेपाली क्रिकेट टिमले पहिलो वार्म–अप खेलबाट दमदार सुरुवात गरेको छ । चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स यूएई विरुद्ध नेपालले ७ विकेटको शानदार जित निकालेको हो ।
सुरुवातमै तीन विके...
क्रिकेट विश्वकपको उपाधिबाट चुक्यो नेपाल, फाइनलमा पराजित
काठमाडौँ । कोलम्बोमा आयोजित ‘पहिलो दृष्टिविहीन महिला टी २० विश्वकप क्रिकेट २०२५’ को फाइनलमा नेपाल पराजित भएको छ । भारतले नेपाललाई सात विकेटले पराजित गर्दै उपाधि जितेको छ । पहिले ब्याटिङ गरेको नेपालले २० ओभर...
एनपीएल : वर्षाले ५ ओभरमा छोट्याइएको खेलमा सुदूरपश्चिममाथि विराटनगरको रोमाञ्चक र शानदार जित
काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध शानदार जित हात पारेको छ। वर्षा र भिजेको आउटफिल्डका कारण ढिला गरी सुरु भई ५,५ ओभरमा छोट्याइए...
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
काठमाडौँ । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएल २०२६ को उपाधि जितेको छ । आइतबार राति भएको फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेंगलुरुले उपाधि रक्षा गरेको हो ।
नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएपछि नेपाल शृंखालाभरि जितविहीन
काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको युट्रेच्टमा बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ । जितका लागि नेदरल्यान्ड्सले प्रस्तुत गरेको २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा सबै विकेट गुमा...



