शुक्रबार, २३ असोज २०८३
नेपाली

उपत्यकामा बर्ड फ्लुको तीव्र जोखिम : ६ लाखभन्दा बढी कुखुरा नष्ट

Main News Image

काठमाडौँ । नेपालमा पछिल्लो तीन महिनादेखि फैलिरहेको बर्ड फ्लु संक्रमण अहिले विशेषगरी काठमाडौं उपत्यकामा केन्द्रित बनेको छ । पशुसेवा विभागका महानिर्देशक डा। उमेश दाहालका अनुसार हालसम्म देशभरका ११ जिल्लामा संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो समय काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्ला संक्रमणको उच्च जोखिममा रहेका छन् । देशभरका प्रयोगशालाहरू मार्फत नियमित निगरानी र नमुना परीक्षण भइरहे पनि काठमाडौं उपत्यकाबाहेक अन्य क्षेत्रमा हाल नयाँ संक्रमण देखिएको छैन । त्यसैले विभागले अहिले आफ्नो सम्पूर्ण ध्यान उपत्यकाभित्रकै संक्रमणलाई चाँडोभन्दा चाँडो नियन्त्रणमा लिन केन्द्रित गरेको छ ।

हालसम्म देशभरका साना-ठूला गरी ८० भन्दा बढी कुखुरा फार्ममा बर्ड फ्लु प्रमाणित भइसकेको छ। पछिल्लो पटक थप पाँच स्थानका नमुनामा समेत संक्रमण पुष्टि भएपछि प्राविधिक टोली परिचालन गरी नियन्त्रणको कार्य अघि बढाइएको छ।

mediabaaji add

सम्बन्धित खबर

काठमाडौंमा वायु प्रदूषण ‘धेरै अस्वस्थ’ तहमा

काठमाडौँ । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। वर्षात् भएसँगै सुधार देखिएको वायु गुणस्तर अचानक खस्किँदै ‘धेरै अस्वस्थ’ तहमा पुगेको छ । एयर क्वालिटी इन्डेक्स एक्युआईका अनुसार मङ्गलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचका...

सरकारले गर्‍यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा सेवा स्थगित

काठमाण्डौँ । स्वास्थ्य बिमा बोर्डले वित्तीय संकट रहेको भन्दै निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेक बिमा स्वास्थ्य सेवा स्थगित गरेको छ । बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले एक सूचना निकालेर जेठ १६ गतेदेखि लागू हुने गरी निजी स्व...

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

रौतहट । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन् । यो  रोगले चन्द्रपुर नगरपालिका–५ राजपेडा गाउँका हरि गुरोका १४ वटा बङ्गुर मरेका पशु चिकित्सक डा सुलभ चौधरीले बताएका छन् । एक साताको अन्तरालमा  १४ वटा बङ्गुर मरेका कि...

डेङ्गी सङ्क्रमणको ग्राफ घट्यो, जोखिम घटेन

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा डेङ्गी सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेङ्गीबाट सङ्क्रमित हुनेको सङ्ख्या सात हजार ६८३ रहेको...

श्रम शोषणविरुद्ध डाक्टर सडकमा

काठमाडौँ । युवा तथा प्रशिक्षार्थी चिकित्सकहरूले श्रम शोषणको अन्त्य, उचित पारिश्रमिक तथा सम्मानजनक कार्य वातावरणको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा उनीहरूले ‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण बन्द गरौँ’, ‘...

काठमाडौँको प्रदूषण अझै उच्च, एक्यूआई दुई सय नाघ्यो, घर बाहिर ननिस्कन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायू प्रदूषण अझै उच्च बनेको छ । विगत केही दिनका तुलनामा प्रदूषण झनै बढेको हो । फागुन २२ गतेदेखि उपत्यकामा घाम लागिरहेको थिएन । हावा पनि लागेको छैन । चुनावका कारण केही दिन सवारी पातलो भए पनि अहिले फेरि त्यही सवारीको प्...