बुधबार, १८ कात्तिक २०८३
नेपाली

मत सर्वेक्षण ‘लाइभ’ गर्ने अनलाइनलाई कारबाही गरिने

Main News Image

काठमाडौँ । निर्वाचन आयोगले मत सर्वेक्षण ‘लाइभ’मा संलग्न ११ अनलाइनलाई बन्द गर्न निर्देशन दिएको छ । आयोगले यही फागुन २१ गते हुन लागेको मत सर्वेक्षण गर्न नपाउने आचारसंहिता विपरीत मत सर्वेक्षणको लाइभ गरेको भन्दै ती अनलाइनलाई कारबाही गर्न सम्बन्धित निकायलाई सिफारिस गरेको आयोगका सह प्रवक्ता सीता पुनले बताइन् ।

निर्वाचन आयोगको सहकार्यमा पत्रकार महिलाका लागि आयोजित ‘निर्वाचन समाचार र आचारसंहितासम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा उनले भनिन्, “अन्य देशको तुलनामा नेपालको परिवेश फरक छ, मतदातालाई आफैँलाई जनप्रतिनिधि चुन्ने अधिकार दिनुपर्छ”, उनले भनिन्, “मतदातालाई अनावश्यक प्रभाव पार्नबाट रोक्नुपर्छ, मत सर्वेक्षणले मतदातालाई एउटा ह्वीममा लैजान्छ भनेर आचारसंहिताले बाँध्नुपरेको हो ।”

निर्वाचन आयोग ऐन, २०७३ दफा २३ का अनुसार निर्वाचन आचारसंहिता उल्लंघन गरेमा रु एक लाख जरिवाना र उम्मेदवारी रद्द हुनेछ। सह प्रवक्ता पुनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउनका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताए ।


mediabaaji add

सम्बन्धित खबर

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनी कामना व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा बिहीबार शुभकामना व्यक्त गर्दै राष्ट्...