३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने
काठमाडौँ । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिकाले अन्तिम ३ दिनको अवधि दिएको छ । गएको महिना चैत २५ गते सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दुरीका बस सेवा बसपार्कभित्रबाट एकीकृत रूपमा सञ्चालन गर्न अनुरोध गरिएको थियो । यस अवधिमा भएका कामको समीक्षा र आगामी कार्यक्रम कार्यान्वयनका लागि समन्वय गर्न आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बैठक बसेको थियो ।
बैठकमा नुवाकोटतर्फ यातायात सञ्चालन गर्ने कम्पनी सम्पर्कमा आएको बताउँदै धादिङ तर्फ यातायात सञ्चालन गर्ने कम्पनीले सूचनाको अवज्ञा गरेको जानकारी दिइएको थियो । यसरी महानगरको सूचनालाई अवज्ञा गर्ने कम्पनीलाई ३ दिनभित्र एकीकृत प्रणालीमा आउन अन्तिम समय दिइएको हो ।
बैठकमा यातायात आवागमनको सहजता र सहरी सुरक्षासँग जोडिएको प्रणालीका विषयमा कुरा गर्दै कार्यवाहक प्रमुख डंगोलले महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीलाई नेपाल प्रहरीसँग समन्वय गरेर अनुगमन नियमन कार्यका लागि संयुक्त टोली बनाएर एकीकृत काम गर्ने प्रणाली तयार गर्न निर्देशन दिइन् ।
एक्सप्रेस
सम्बन्धित खबर
सोलुखुम्बुमा सहुलियतको नुनको माग बढ्दो, एक वर्षमा ७२ लाखभन्दा बढीको बिक्री
सोलुखुम्बु । सोलुखुम्बुमा सहुलियत दरमा वितरण हुँदै आएको आयोडिनयुक्त नुनको खपत बढेको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रतिप्याकेट ९ रुपैयाँमा उपलब्ध गराउँदै आएको नुन गत आर्थिक वर्षमा ७२ लाख रुपैयाँभन्दा बढीको बिक्री भएको छ।
सल्लेरी डिपो...
मुलुकको सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, ६ महिनामै थपियो १ खर्ब ३२ अर्ब
काठमाडौँ । नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ । चालु आर्थिक वर्ष २०८२,८३ सुरु हुँदा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेकोमा पुस मसान्तसम्ममा १ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ थप वृद्धि भई २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ पुगेको हो ।...
पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा-मलेखु खण्ड कालोपत्र
चितवन । पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा मलेखु खण्ड कालोपत्र भएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो । नागढुङ्गा मुग्लिन सडक आयोजनाका इन्जिनियर विजय दरैका अनुसार तेस्रो चरणअन्तर्गत हाल...



