सोमबार, ११ साउन २०८३
नेपाली

श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङद्वारा चार दिनमै दुई उपाध्यक्षमाथि कारबाही

Main News Image

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चार दिनभित्र दुई जना उपाध्यक्षमाथि कारबाही गरेका छन् । उपाध्यक्ष राजकुमार तामाङ ९देवराज लामा० लाई निलम्बन गरेको ३ दिनपछि शनिबार अर्का उपाध्यक्ष डा मित्र परियार पनि कारबाहीमा परेका हुन् । धरानका मेयरसमेत रेहका श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले शनिबार पुस ५ गते सामाजिक सञ्जालमा लेखेका छन्, ‘श्रम संस्कृतिमा कोही सानो, कोही ठूलो हुँदैन। आज शनिबार उपाध्यक्षले बुटवलका आयोजकलाई गरेको अपमान र सह–संयोजकलाई बोलेको अपमानजन्य बोलीका कारण आचारसंहिता उल्ल‌ंघन भएकोले नसच्चिएसम्म कारबाही गरिएको जानकारी गराउँदछु ।’

शनिबार देशदौडाहा कार्यक्रमअन्तर्गत श्रम संस्कृति पार्टीले रुपन्देहीको बुटवलमा सभा आयोजना गरेको थियो। जसलाई उपाध्यक्ष परियारले पनि सम्बोधन गरेका थिए। तर त्यस क्रममा परियार आयोजकप्रति आक्रोशित हुँदै बोलेका थिए । सम्बोधनको सार्वजनिक भिडिओमा परियार भनिरहेका छन्, ‘साथीहरू  यहाँ आयोजक साथीहरूले अलिकति मिस्टेक गर्नुभएको छ । ध्यान त्यता बोल्ने यता हुन सक्दैन साथीहरू, म केन्द्रीय उपाध्यक्ष हो, मैले पनि बोल्न पाउनुपर्छ, ध्यान अन्त मोडिनु हुँदैन । यसअघि अर्का उपाध्यक्ष तामाङलाई भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेपछि श्रम संस्कृति पार्टीले निलम्बन गरेको थियो ।


mediabaaji add

सम्बन्धित खबर

एमालेको ११ औं महाधिवेशनः सचिव पदमा ओली प्यानलका सबै उम्मेदवार विजयी

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनबाट सचिव पदमा केपी शर्मा ओलीको प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन् । बुधबार आएको अन्तिम मतपरिणाम अनुसार सचिव पदमा सबै जना उम्मेदवारहरू ओलीकै प्यानलकाले जितेका हुन् । जित्ने मध्ये पहिलो नम्बरमा महेश बस्...

भक्तपुर–२ बाट एमाले सचिव महेश बस्नेत एकल सिफारिस

काठमाडौँ । नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया तीव्र बनाएको छ। सोही क्रममा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले सचिव महेश बस्नेतको नाम एकल रूपमा सिफारिस गरिएको छ ।

बस्नेत २०७४ सालमा...

पाँचजना प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

जनकपुरधाम । मधेश प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सभामुख रामचन्द्र मण्डलले गत कात्तिक २७ गते जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टीको पाँच प्रदेशसभा सदस्यहरूला...

काम नगर्ने ठेक्का स्वीकार्य छैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत, शहरी तथा भौतिक मन्त्री कुलमान घिसिङले ठेक्का लिएर लामो समयसम्म काम नगर्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन् । बुधबार सय दिनको कार्य प्रगति सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । निर्माणाधीन आयोजनालाई गति दिन पहल र स...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टी घोषणा सभामा को को पुगे ?

काठमाडौँ । आज ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा भएको छ । काठमाडौंको राष्ट्रिय सभा गृहमा सभा जारी छ । उज्यालो पार्टीको घोषणा सभालाई स्वयं घिसिङले सम्बोधन गर्ने बताइएको छ ।

उपसभामुख रुवी ठाकुरले संसद् चलाउन नसकेपछि गङ्गालक्ष्मी अवाललाई जिम्मेवारी

काठमाण्डौँ । संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवी कुमारी ठाकुरको भूमिकामाथि सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ। संसद बैठक प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप लागेपछि केही समयका लागि बैठक सञ्चालनको जिम्मा गंगालक्ष्मी अवालला...