एसिसी प्रिमियर कप : नेपाल आज बहराइनसँग भिड्दै, विजयी सुरुआत गर्ने लक्ष्य
काठमाडौँ । तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको बाङ्गीस्थित वाईएसडी यूकेएम ओभल मैदानमा आयोजना हुनेछ ।
एकदिवसीय क्रिकेटको इतिहासमा नेपाल र बहराइन पहिलोपटक आमनेसामने हुन लागेका हुन् । नेपाली टोली प्रतियोगिताको पहिलो खेलमै बहराइनलाई हराउँदै सुखद र उत्कृष्ट सुरुआत गर्ने लक्ष्यका साथ मैदान उत्रिँदैछ ।
प्रतियोगिताको नियम अनुसार समूहका शीर्ष दुई टोलीले मात्र सेमिफाइनलमा स्थान बनाउने भएकाले नेपालका लागि समूह चरणका चारै खेल निकै महत्त्वपूर्ण मानिएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
आइसीसी टी–२० विश्वकपमा लगातार तेस्रो हार व्यहोरेसँगै नेपाली टोली सुपर ८ दौडबाट बाहिरिए
काठमाण्डौँ । भारत र श्रीलंकामा जारी आइसीसी टी–२० विश्वकपमा लगातार तेस्रो हार व्यहोरेसँगै नेपाली राष्ट्रिय क्रिकेट टोली सुपर ८ दौडबाट बाहिरिएको छ।
आइतबार भएको समूह चरणको तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएपछि नेपाल सुपर ८ दौडबाट...
त्रिवि क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिविले आफ्नो स्वामित्वमा रहेको जग्गा फिर्ता लिने प्रक्रिया सुरु गरेसँगै कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको भविष्य संकटमा परेको छ। त्रिविले आफ्नो हाताभित्र रहेको क्रिकेट रंगशालासहितका संरचना ३५ दिनभित...
दुईपटकको विश्व विजेता वेस्ट इन्डिजसँग भिड्दै नेपाल, सुपर एट सम्भावना बचाउने चुनौती
काठमाण्डौँ । आईसीसी टी-२० विश्वकपअन्तर्गत आज आइतबार समूह चरणको आफ्नो तेस्रो खेलमा नेपाल दुईपटक विश्वकप जितेको वेस्ट इन्डिजसँग भिड्दै छ । भारतको मुम्बईस्थित वानखेडे रगंशालामा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । यसअघिका २ खेलमा ल...
सुदूपश्चिमलाई पराजित गर्दै लुम्बिनीले जित्यो एनपीएल-२ को उपाधि
काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल सिजन २ मा फाइनलमा सुदूरपश्चिम रोयल्स हराउँदै लुम्बिनी लायन्सले उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको हो । लुम्बिनीक...
एनपीएलमा आज दुई खेल, चितवन र विराटनगरलाई प्लेअफको अवसर
काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज पनि दुई रोमाञ्चक खेल हुँदै छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल बिहान ११स्४५ बजे चितवन राइनोज र काठमाड...
टी-२० विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै
काठमाडौँ । टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दैछ । शुक्रबार ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि अपराह्न सवा ४ बजे नेपाल र सामोआबीच खेल हुन लागेको हो । दुवै टिमले प्रत...



