एसिसी प्रिमियर कप फाइनल : उपाधिका लागि आज नेपाल र युएई आमनेसामने
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज साविक विजेता नेपाल र युनाइटेड अरब इमिरेट्स युएई भिड्दैछन् । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा हुने यो निर्णायक भिडन्त नेपाली समय अनुसार बिहान ७:१५ बजेदेखि सुरु हुनेछ ।
दुवै टोली दोस्रोपटक प्रिमियर कपको उपाधि चुम्ने दाउमा मैदान उत्रिनेछन्। यसअघि सन् २०२३ मा नेपालमा सम्पन्न पहिलो संस्करणमा नेपालले युएईलाई सात विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यस्तै सन् २०२४ को दोस्रो संस्करणमा भने युएईले आयोजक ओमानलाई हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
आईसीसी टी–२० विश्वकप छनोटमा नेपालद्वारा ओमान ३८ रनले पराजित
काठमाण्डौँ । टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटमा ओमानलाई ३८ रनले हराउँदै नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।यो सँगै नेपालले छनोट उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ । हिजोको खेलमा नेपालले दिएको १५२...
फ्रान्सलाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश
काठमाडौँ । संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा जारी फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेलमा पूर्व विजेता फ्रान्सलाई स्तब्ध पार्दै स्पेन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको टेक्सासस्थित डलास स्टे...
नेपाल विश्वकप छनोटको होडबाट बाहिरियो
काठमाडौँ । नेपाल आईसीसी महिला टी २० विश्वकप छनोट क्रिकेटबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा स्कटल्याण्डसँग बिर्सनयोग्य ब्याटिङ गरेसँगै नेपाल विश्वकप छनोटबाट बाहिरिएको हो ।
टी–२० विश्वकप खेल सार्ने बङ्गलादेशको माग आईसीसीद्वारा अस्वीकार
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले टी–२० विश्वकपका खेल भारतबाट सार्न गरिएको बङ्गलादेश क्रिकेट बोर्ड बीसीबीको अनुरोध अस्वीकार गरेको छ। सुरक्षा कारण देखाउँदै श्रीलंकामा खेल सार्न माग गरिएको भए पनि आईसीसीले तोकिएका स्थलमा कुनै परिवर्त...
युनिस र हुसैनको घातक बलिङ : जनकपुरलाई १९ रनले हराउँदै कर्णालीको विजयी सुरुवात
काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणअन्तर्गत मङ्गलबार भएको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले दिएको १३३ रनको ल...
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जीत, तीन खेलाडीले पाए रातो कार्ड
काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ । मेक्सिकोको सिटी रङ्गशालामा आज भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत...



