सोमबार, २२ भदौ २०८३
नेपाली

एसीसी पुरुष प्रिमियर कप : लगातार तेस्रो जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश

Main News Image

काठमाडौँ । मलेसियाको बायुमास क्रिकेट ओभलमा साउदी अरबलाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी पुरुष प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित दर्ता गर्दै नेपालले ६ अङ्कका साथ समूह चरणको अन्तिम खेलअघि नै अन्तिम चार सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

नेपालले यसअघि आफ्ना सुरुवाती दुई खेलहरूमा बहराइन र मलेसियालाई पराजित गरेको थियो। साउदी अरबविरुद्धको तेस्रो जितसँगै नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा कायम रहेको छ  । समूह ‘ए’ बाट शीर्ष दुईमा रहँदै सेमिफाइनल पुग्ने नेपाल पहिलो टोली बनेको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा आफ्नो लय कायम राख्दै समूह विजेता बन्ने लक्ष्य राख्नेछ ।


mediabaaji add

सम्बन्धित खबर

कोलकातामाथि गुजरात टाइटन्सको ५ विकेटले शानदार जित

काठमाण्डौँ । इन्डियन प्रिमियर लिग आईपीएल २०२६ अन्तर्गत गएराति सम्पन्न खेलमा कप्तान शुबमन गिलको उत्कृष्ट र विष्फोटक ब्याटिङको मद्दतले गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको छ । नरेन्द्र मोदी स्टेडियममा भएको निकै रोमाञ्चक प्...

फ्रान्सलाई ४-६ ले पराजित गर्दै इंग्ल्यान्ड बन्यो तेस्रो

काठमाण्डौँ । फिफा विश्वकप-२०२६ अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा फ्रान्सलाई पराजित गर्दै इंग्ल्यान्ड विजयी भएको छ । अमेरिकाको मियामी स्टेडियममा भर्खरै सकिएको खेलमा इंग्ल्यान्डले ६ र फ्रान्सले ४ गोल गरेका छन् । 

पहिलो हाफमा ४-० ले...

त्रिवि क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिविले आफ्नो स्वामित्वमा रहेको जग्गा फिर्ता लिने प्रक्रिया सुरु गरेसँगै कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको भविष्य संकटमा परेको छ। त्रिविले आफ्नो हाताभित्र रहेको क्रिकेट रंगशालासहितका संरचना ३५ दिनभित...

विश्वकपअघि क्यानडासँग भिड्दै नेपाल, मुम्बईका सबै खेलका टिकट सोल्ड आउट

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको तयारीलाई अन्तिम रूप दिने क्रममा नेपाली क्रिकेट टोलीले आज क्यानडासँग आफ्नो अन्तिम अभ्यास खेल खेल्दैछ। अघिल्लो खेलमा यूएईलाई सात विकेटले पराजित गरेर उच्च मनोबलमा रहेको नेपाली टोली क्यान...

ऐतिहासिक जित निकाल्दै क्यानडा पहिलोपटक विश्वकपको अन्तिम १६ मा

काठमाडौँ । दक्षिण अफ्रिकामाथि रोमाञ्चक जित निकाल्दै क्यानडा जारी फिफा विश्वकप फुटबल २०२६ को प्रिक्वार्टरफाइनल अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस रंगशालामा सोमबार भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० गोलअन्तरले स्तब्ध पार्दै...

एनपिएलः आज विश्राम,भोलि दुई खेल हुने

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आज विश्राम दिइएको छ । भोलि मङ्गलबार भने दुई खेल राखिएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा बिहान ११ः४...