एसीसी पुरुष प्रिमियर कप : लगातार तेस्रो जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडौँ । मलेसियाको बायुमास क्रिकेट ओभलमा साउदी अरबलाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी पुरुष प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित दर्ता गर्दै नेपालले ६ अङ्कका साथ समूह चरणको अन्तिम खेलअघि नै अन्तिम चार सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
नेपालले यसअघि आफ्ना सुरुवाती दुई खेलहरूमा बहराइन र मलेसियालाई पराजित गरेको थियो। साउदी अरबविरुद्धको तेस्रो जितसँगै नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा कायम रहेको छ । समूह ‘ए’ बाट शीर्ष दुईमा रहँदै सेमिफाइनल पुग्ने नेपाल पहिलो टोली बनेको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा आफ्नो लय कायम राख्दै समूह विजेता बन्ने लक्ष्य राख्नेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
एनपिएलमा सुदूरपश्चिम रोयल्सको लगातार तेस्रो जीत
काठमाडौँ । नेपाल प्रिमियर लिग एनपिएलमा सुदूरपश्चिम रोयल्सले आफ्नो तेस्रो जित दर्ता गरेको छ । सोमबार कीर्तिपुरको टियु क्रिकेट रङ्गशालामा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गर्यो । सुदूरपश्चिमले दिएको १४०...
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
काठमाडौँ । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएल २०२६ को उपाधि जितेको छ । आइतबार राति भएको फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेंगलुरुले उपाधि रक्षा गरेको हो ।
फ्रान्सलाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश
काठमाडौँ । संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा जारी फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेलमा पूर्व विजेता फ्रान्सलाई स्तब्ध पार्दै स्पेन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको टेक्सासस्थित डलास स्टे...
एनपिएल : आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सको सान्दार जित
काठमाडौँ । दोस्रो नेपाल प्रिमियर लिग एनपिएलमा आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सले ३ विकेटले जित हासिल गरेको छ । शनिबार त्रिवि मैदानमा भएको पहिलो खेलमा लुम्बिनी लायन्सले १९.४ ओभरको खेलमा ७ विकेट गुमाउँदै १५१ रन बनाएर...
एसिसी प्रिमियर कप : नेपाल आज बहराइनसँग भिड्दै, विजयी सुरुआत गर्ने लक्ष्य
काठमाडौँ । तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको बाङ्गीस्थित वाईएसडी यूकेएम ओभल मैदानमा आयोजना हुनेछ ।
एकदिवसीय क्रिकेटको इतिहासमा नेपाल र बहराइन पहिलोपटक आमने...
एनपीएल : लुम्बिनीले जिते जनकपुरसँगै बाहिरिनेछन् पोखरा र चितवन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । छ खेलबाट छ अङ्क जोडेको लुम...



