काठमाडौँ महानगरमा वैशाख १५ देखि शैक्षिक सत्र ०८३ शुरू हुने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्र २०८३ को पठनपाठन तथा सम्पूर्ण शैक्षिक गतिविधि वैशाख १५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । महानगरपालिकाको शिक्षा विभागले वैशाख १० गते एक सूचना जारी गर्दै महानगरभित्रका सबै विद्यालयलाई उक्त मितिदेखि कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।
महानगरको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले नेपाल सरकारको निर्णय र काठमाडौँ उपत्यका मेयर्स फोरमको अनुरोधलाई मध्यनजर गर्दै यो निर्णय लिएको हो। नयाँ शैक्षिक सत्रको प्रारम्भमा शिक्षक, विद्यार्थी र अभिभावकमा देखिएको अन्योल चिर्न तथा समग्र शैक्षिक अवस्थाको विश्लेषण गरी पठनपाठन शुरू गर्ने मिति तय गरिएको विभागले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
चन्द्रागिरिमा महाशिवरात्री विशेष भजन-कीर्तन उत्सवको तयारी तीव्र
काठमाडौँ । महाशिवरात्रीको अवसरमा भोलि आइतबार चन्द्रागिरि भालेश्वर महादेव मन्दिरमा दिनभरि महाशिवरात्रि विशेष भजन उत्सव आयोजना हुँदैछ । भजन–कीर्तन उत्सवका लागि मन्दिर परिसरमा साजसज्जा तथा तयारी तीव्र रुपमा भइरहेको छ ।
सरकारले जागिर लगाइदिने आशामा सहिद पत्नी मञ्जु
सुनसरी । जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएर सहिद भएको इटहरी–१४ का मोहन सरदार घर बनाउने मिस्त्रीको काम गर्थे । गत भदौ २३ गते जेनजी पुस्ताको आन्दोलनबारे उनलाई खासै जानकारी थिएन । गाउँकै श्रवण सरदारसँग बजार जाने नि...
सरकारको सम्पर्कमा आए १८१६ सुकुम्बासी परिवार
काठमाडौँ । काठमाडौँ उपत्यकाका १ हजार ८१६ सुकुमबासी परिवार सरकारको सम्पर्कमा गएका छन् । काठमाडौँ उपत्यकाका बागमती र यसका सहायक नदी किनारका अवैध संरचना हटाउने सरकारी कदमपछि हालसम्म १ हजार ८१६ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा पुगेका हुन् ।
प...
हेटौँडामा छठ पर्वको तयारी धमाधम, राप्ती तट झिलिमिली बत्तीले सजियो
हेटौँडा । तिहार पर्वको समापनसँगै बागमती प्रदेशको राजधानी हेटौँडामा अहिले छठ पर्वको तयारी धमाधम भइरहेको छ । तराई–मधेशसहित देशकै प्रमुख चाडको रूपमा मनाइने छठ पर्वलाई लक्षित गर्दै हेटौँडा उपमहानगरपालिका–१ स्थि...
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु, चालक र पछाडि बस्ने दुवै पक्राउ
काठमाण्डौँ । डोटीमा मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु भएको छ । शिखर नगरपालिका–१० बान्डुङग्रीसैनमा सुपप्र।०१०१३प १२ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी ६८ वर्षीया तारादेवी बलायरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार के...
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी संकल्प गरिन्छ ।
दियो, कलश र गणेश...



