एकसाताभित्र किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने
काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी तथा वस्तुको क्षतिपूर्तिस्वरुप रु ५२ करोड एक साताभित्र किसानलाई उपलब्ध गराउने तयारी गरेको छ । विभागले रोग नियन्त्रणका क्रममा किसानका नष्ट गरिएको पन्छी, अण्डा तथा दानाबापत सम्बन्धित धनीलाई क्षतिका रकम मूल्याङ्कनका आधारमा ७५ प्रतिशत राहतस्वरूप उपलब्ध गराउने तयारी गरेको हो ।
विभागका प्रवक्ता मुकुल उपाध्यायले पन्छी, पन्छीजन्य पदार्थ र पन्छी उत्पादन सामग्रीको क्षति प्रमाणित भएर माग दाबी गरेका सम्बन्धित धनीका बैंक खातामा एकसाताभित्र रकम भुक्तानी गरिने जानकारी दिनुभयो । उहाँका अनुसार असार मसान्तसम्म क्षतिपूर्ति लिन नसकेका किसानलाई नयाँ आर्थिक वर्षमा रकम उपलब्ध गराइनेछ ।
बर्डफ्लु नियन्त्रण नियमावली अनुसार प्रमाणित क्षतिको मूल्याङ्कन गरेर किसानलाई राहत वितरण गरिने जनाइएको छ । विभागका प्रवक्ता उपाध्यायले पन्छी तथा पन्छीजन्य वस्तु नष्ट गरेको सबै प्रमाणसहित जिल्ला पशुसेवा कार्यालयमा निवेदन दिन सम्बन्धित किसानलाई आग्रह गर्नुभयो ।
एक्सप्रेस
सम्बन्धित खबर
जेन–जी आन्दोलनका घाइतेलाई मासिक भत्ता : सरकारले सुरु गर्यो चार तहको वर्गीकरण
काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गते युवापुस्ता जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण गर्ने कार्यलाई तीव्रताका साथ अघि बढाएको छ। जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिहरूको अपाङ्गताको अवस्था र चोटको गम्भीरताका आधारमा आर्थिक स...
सुनको मूल्यमा उच्च वृद्धि, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ । सुन आज तोलामा एकैदिन पाँच हजार ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँ...
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ, ग्याँस र पेट्रोलको मूल्य यथावत्
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूंल्य समायोजन गरेको छ । इन्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको नयाँ भाउ पठाएपछि नेपाल आयल निगमले समायोजन गरेको हो । सोअनुसार पेट्रोलमा प्रतिलिटर ०.१२ रुपैयाँ, डिजे...
विजय लघुवित्तको एफपीओ बाँडफाँट
काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाको एफपीओ आज पुस ६ गते बाँडफाँट गरिएको छ । धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज बिहान विजय लघुवित्तको एफपीओ बाँडफाँट गरिएको हो ।
साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघु...
सुनको मूल्य बढ्यो, प्रतितोला कति ?
काठमाडौँ । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार र त्यति नै परिम...
सम्पत्ति शुद्धीकरण मुद्दामा बमजनले पाए सफाइ
काठमाडौँ । जिल्ला अदालत सर्लाहीले लिटिल बुद्ध भनिने रामबहादुर बमजनलाई सम्पत्ति शुद्धीकरणको कसुरमा सफाइ दिएको छ । न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले वैशाख ८ गते उक्त मुद्दामा अभियोग दाबी नपुग्ने फैसला गर्दै बमजनलाई दोषमुक्त ठहर गरेको हो ।



