सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो
रामेछाप । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा लुटपाट भएको छ। मंगलबार साँझ हतियारसहित आएका लुटेरा समूहले बैंकका सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर करिब ३ करोड ७ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार बनेपातर्फबाट आएको टाटा सुमोमा करिब पाँच जना नकाबधारी लुटेरा बैंकमा प्रवेश गरेका थिए। उनीहरूले बैंकका सुरक्षागार्डलाई बाँधेर पेस्तोल देखाउँदै खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ।
लुटपाटपछि स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा लुटपाटमा प्रयोग गरिएको बा ३ डी ०३९८ नम्बरको इम्बोस्ड नम्बर प्लेट भएको टाटा सुमो र त्यसका चालकलाई नियन्त्रणमा लिन सफल भएको घ्याङलेख गाउँपालिका–२ का वडा अध्यक्ष रोशन भ्लोनले जानकारी दिए । उक्त सवारी साधन गाउँपालिकाको वडा नम्बर १ अन्तर्गत पर्ने टुनी भञ्ज्याङ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
एक्सप्रेस
सम्बन्धित खबर
बैंकिङ कसूरमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र श्रेष्ठलाई पक्राउ गरेको छ। बैंकिङ कसूरमा शाक्य पक्राउ गरिएको हो । बुधबार उनलाई प्रहरीले ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो । उनीमाथि...



