पेट्रोलियम पदार्थ आयातमा उल्लेख्य वृद्धि
पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हुँदै गत आवको छ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा रु दुई अर्ब ७५ करोड बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको हो । चालु आवको छ महिनामा पेट्रोलियम पदार्थको आयातबाट भने रु ३७ अर्ब ८५ करोड राजस्व संकलन भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलिम पदार्थको आयात र सोबाट प्राप्त हुने राजस्वमा पनि उल्लेखनीय वृद्धि भएको छ । जबकि गत आवको छ महिनामा भने रु ८७ अर्ब ३१ करोड मूल्यको पेट्रोलियम पदार्थ आयात हुँदा ३६ अर्ब १४ करोड राजस्व संकलन भएको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ३...
सुनको मूल्यमा गिरावट, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा ६५ रुपैय...
शनिबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन यु...
साताभर ३७.६३ अंकले घट्यो नेप्से, कुन दिनको कारोबार कति ?
काठमाडौँ । यस साता नेप्से परिसूचक ३७.६३ अंकले घटेर २६७१.०७ विन्दुमा आईपुगेको छ । गत साता २७०८.७० विन्दुमा बन्द भएको नेप्से यो साता ३७।६३ अंक घटेर २६७१.०७ विन्दुमा पुगेको हो । यस साता पाँचै कारोबार दिन बजार खुलेको थियो। जसमा चार कारोबार दिन नेप्से...
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ...
सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओमा सर्वसाधारणले आजदेखि आवेदन दिन सकिने
काठमाडौँ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल १२ लाख ८६ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गरेको हो । निष्कासन गरिएको कुल शेयरमध्य...



