बुधबार, २१ असोज २०८३
नेपाली

अमेरिकामा बिरामी बोकेको विमान समुद्रमा खस्यो, सबैको मृत्यु भएको आशंका

Main News Image

काठमाण्डौँ । अमेरिकाको म्यासाचुसेट्सको तटबाट बेपत्ता भएको मेडिकल ट्रान्सपोर्ट विमानमा रहेका सबै ६ जनाको मृत्यु भएको आशंका गरिएको छ। हार्टबिट १०४ कलसाइन भएको उक्त विमान शनिबार बर्मुडाबाट बोस्टन जाँदै गर्दा बेपत्ता भएको थियो।

यद्यपि शनिबार साँझ समुद्रमा फेला परेको भग्नावशेष त्यही विमानको भएको अधिकारीहरूले बताएका छन्। विमान सञ्चालक कम्पनी ल्याटिच्युड एयर एम्बुलेन्सले आइतबार विज्ञप्ति जारी गरी भनेको छ, ‘हामीले अब दुस्खद वास्तविकताको सामना गर्नैपर्ने हुन्छ, हाम्रो ल्याटिच्युड टोलीका चार सदस्य, बिरामी र उनीहरूका साथमा रहेका परिवारका सदस्य, जो हार्टबिट १०४ मा सवार थिए, उनीहरूको मृत्यु भएको आशंका गरिएको छ।’

उडान ट्र्याकिङ सेवा फ्लाइटअवेयरको विवरणमा उक्त विमान शुक्रबार राति स्थानीय समयअनुसार ११स्४० बजे बर्मुडाको एलएफ वेड अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको देखिएको छ। 

mediabaaji add

सम्बन्धित खबर

इरानमाथि अमेरिकी दबाब बढेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट !

काठमाण्डौँ । इरानमाथि अमेरिकी आर्थिक दबाब थप कडा हुने संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप आर्थिक कारबाही घोषणा गरेपछि सोमबार तेल बजारमा गिरावट देखिएको हो । अन्तर्राष्ट्रिय...

बंगलादेशमा रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी । बंगलादेशको उत्तरी ढाकामा रहेको कपडा कारखाना र नजिकैको रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । 

सोही घटनामा परी दर्जनौं घाइते भएको जनाइएको हो। अग्निशमन विभागका निर्देशक ताजुल इस्लाम चौधरीले मृतकको संख्या अझै बढ...

सम्झौता नभए फेरि बमबारी सुरु गर्ने ट्रम्पको चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो बुधबारसम्म शत्रुतापूर्ण गतिविधि अन्त्य गर्ने सहमति नभए इरानसँगको युद्धविराम अन्त्य हुन सक्ने चेतावनी दिएका छन् । एरिजोनाबाट वासिङटन फर्किने क्रममा एयर फोर्स वानमा पत्रकारसँग कुरा गर्दै उनले भने,...

हर्मुज जलघाँटीमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति

तेहरान । इरानले पर्सियन खाडी र हर्मुज जलघाँटीको सुरक्षा व्यवस्थामा अमेरिकी नेतृत्व वा हस्तक्षेप स्वीकार्य नभएको स्पष्ट पारेको छ । इरानले क्षेत्रीय सुरक्षा बाह्य सैन्य गठबन्धनबाट नभई त्यही क्षेत्रका सम्बन्धित देशहरू मिलेर नै सुनिश्चित गर्नुपर्ने आफ...

जापानमा प्रधानमन्त्री ताकाइचीको पार्टीलाई भारी बहुमत

काठमाडौँ । आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी९एलडिपी० ले ऐतिहासिक विजय हासिल गरेको छ । यसअघि १९८ सिट भएको एलडिपीले यो निर्वाचनमा ३१६ सिट जितेको हो । ४६५ सिटको तल्लो सदनमा दुई तिहाईको...

ट्रम्पको युद्धविराम घोषणापछि पनि थाइल्याण्ड–कम्बोडियामा लडाइँ जारी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्याण्ड र कम्बोडियाबीच युद्धविराममा सहमति भएको घोषणा गरे पनि थाइल्याण्डले कम्बोडियाविरुद्ध सैन्य आक्रमण जारी राख्ने स्पष्ट पारेको छ। थाइल्याण्ड र कम्बोडियाबीचको झडप औपन...