फेरि नयाँ मौसमी प्रणाली भित्रिँदै, पूर्वका दर्जनौँ जिल्लामा भारी वर्षाको सम्भावना
काठमाडौँ । अरब सागरमा बनेको मौसमी प्रणालीका कारण देशका विभिन्न स्थानमा हाल वर्षा र हिमपात भइरहेको छ । सो प्रणाली बाहिरिएर बुधबारेदेखि सुधार आउने भए पनि बिहीबार साँझदेखि फेरि अर्को मौसम प्रणाली भित्रिने भएको छ । मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको प्रभावले पुनः मौसम प्रतिकूल हुने भएको हो । अरब सागरको प्रभाव सोमबार रातिसम्म कमजोर हुँदै जाँदा बुधबार धेरै ठाउँमा आंशिक घाम लाग्नेछ । तर, बिहीबारदेखि बंगालको खाडीमा विकसित चक्रवात उत्तर पश्चिमतिर सर्दै नेपालमा प्रवेश गर्ने भएकाले पुनः भारी वर्षा र हिमपातको जोखिम बढेको उनले बताए ।
गत असोजमा भीषण बाढी पहिरोबाट प्रभावित इलामलगायतका जिल्ला यस पटक पनि बढी जोखिममा रहेको मौसमविद्हरूको भनाइ छ । बिहीबार साँझदेखि शुक्रबार मध्यान्हसम्म इलाम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, खोटाङ र झापा जिल्लामा दुई सय मिलिमिटरसम्म वर्षा हुन सक्ने सम्भावना रहेको छ ।
‘मोन्था’ चक्रवात १३ गते साँझ पर्सा, बारा, रौतहट हुँदै नेपाल प्रवेश गर्नेछ । यसको इपिसेन्टर नारायणी र त्रिशूली नदीको पूर्वी भागमा पर्ने भएकाले बागमती र तराईका जिल्लाहरूमा व्यापक वर्षा हुने अनुमान छ । यस प्रणालीको प्रभाव त्रिशूली नदीदेखि कर्णाली नदीसम्म मध्यम रहने र पश्चिम नेपालतर्फ न्यून असर पर्ने पूर्वानुमान गरिएको छ। अरब सागरको प्रभावले पहिले नै मुगु, डोल्पा, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, म्याग्दी, रुकुम पूर्वलगायतका उच्च स्थानहरूमा भारी हिमपात भइसकेको छ । यसले धेरै स्थानमा पदयात्रा कठिन बनाएको छ।
बिहीबार मध्याह्नदेखि बिपी राजमार्ग, पृथ्वी राजमार्ग र काठमाडौँ–हेटौँडा जोड्ने सडक खण्डमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा ७० देखि ८० मिलिमिटरसम्म वर्षा हुनसक्ने मौसम विभागको पूर्वानुमान रहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
राष्ट्रपति पौडेलद्वारा बडादशैंमा नवकन्याको पूजाअर्चना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा नवकन्याहरूको ९ जना कन्या विधिपूर्वक पूजाअर्चना गरेका छन् । बडादशैंका अवसरमा नवदुर्गाको अवतारस्वरुप राष्ट्र प्रमुखले नवकन्याहरुको ९९ कन्या० पूजाअर्चना गर्ने परम्परा छ ।
सोही परम्प...
नेपालगञ्जमा बालेनको जुलुसमा दुर्घटना, ५ जना घाइते
काठमाडौँ । नेपालगञ्जमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाहको स्वागतका लागि आएका समर्थकहरू विमानस्थलनसँगैको सडकमा गाडीबाट खसेका छन् । बालेन चुनाब प्रचारका लागि पश्चिम नेपाल जाँदा उनका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा वि...
दशरथ चन्द विश्वविद्यालयमा दुई पटकसम्म विज्ञापन गर्दा भेटिएनन् उपकुलपति
काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा कुनै पनि उम्मेदवारको दरखास्त परेन । उपकुलपति पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलोपटक गत कात्तिक १६ गतेदेखि यही कात्तिक ३० गतेसम्म समय...



