पहिरोले नदी थुनिएर नेपालतर्फ फेरि ताल बन्यो, ३ दिनभित्र फुट्न सक्ने चीनको चेतावनी
काठमाडौँ । नेपालस्थित छोगेन खोला र पुरेपु साङपो नदीको सङ्गमस्थल नजिकै एउटा ठूलो पहिरोजन्य ताल बनेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ । बिहीबार बिहानसम्ममा उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र तालबाट पानी बाहिर बहन ओभरफ्लो हुन थालिसकेको छ ।
आगामी तीन दिनभित्र तालमा थप ३० लाख घनमिटर पानी जम्मा हुने अनुमान गरिएको छ, जसका कारण फुट्ने ९विस्फोट हुने० उच्च जोखिम रहेको चिनियाँ केन्द्रीय टेलिभिजनले बिहीबार रिपोर्ट गरेको चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले जनाएको छ ।
मन्त्रालयले उक्त तालको स्थितिमाथि सूक्ष्म निगरानी राखिरहेको छ। साथै, ताल फुटेको खण्डमा उत्पन्न हुन सक्ने सम्भावित बाढीको पूर्वअनुमान र विश्लेषण गर्दै आपत्कालीन उद्धार कार्यका लागि आवश्यक सहयोग र पूर्वतयारी गरिरहेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
काठमाडौँ । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण अवरुद्ध भएका देशका विभिन्न क्षेत्रका केही राजमार्गमा यातायात सुरु भएका छन् । सोमबार साँझको वर्षासँगैको पहिराका कारण अवरुद्ध भएको ललितपुरको बागमती गाउँपालिका ३ भालुखोलास्थित कान्तिलोकपथ...
आज बिहानैदेखी वर्षा, दिनभर कस्तो रहला मौसम ?
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ ।
जसको प्रभावले देशभर साधरणतया...
तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भूभागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश स्थानहरू हुस्सु...
लगातारको पहिरोले मुख्य राजमार्ग ठप्प, कहाँ कहाँ बन्द छ ?
काठमाडौँ । केही दिनयतादेखिको वर्षासँगै आएको पहिराका कारण देशभरीमा विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएका छन् । आज बिहानको पहिराका कारण ललितपुर बागमती गाउँपालिका ३ पाङ्दुरस्थित कान्तिलोकपथ, प्युठान सरुमारानी गाउँपालिका ४ खहरे ख...
बुधबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ
महाशाखाका अनुस...
मनसुन पूर्वतयारी : चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने
काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न विस्तृत आपत्कालीन कार्ययोजना सार्वजनिक गरेको छ । विभागले मनसुन अवधिभर मौसम पूर्वानुमान, बाढी पूर्वानुमान र पूर्वसूचना प्रणाली...



