शनिबार, २० भदौ २०८३
नेपाली

पहिरोले नदी थुनिएर नेपालतर्फ फेरि ताल बन्यो, ३ दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

Main News Image

काठमाडौँ । नेपालस्थित छोगेन खोला र पुरेपु साङपो नदीको सङ्गमस्थल नजिकै एउटा ठूलो पहिरोजन्य ताल  बनेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ । बिहीबार बिहानसम्ममा उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र तालबाट पानी बाहिर बहन ओभरफ्लो हुन थालिसकेको छ ।

आगामी तीन दिनभित्र तालमा थप ३० लाख घनमिटर पानी जम्मा हुने अनुमान गरिएको छ, जसका कारण फुट्ने ९विस्फोट हुने० उच्च जोखिम रहेको चिनियाँ केन्द्रीय टेलिभिजनले बिहीबार रिपोर्ट गरेको चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले जनाएको छ ।

मन्त्रालयले उक्त तालको स्थितिमाथि सूक्ष्म निगरानी राखिरहेको छ। साथै, ताल फुटेको खण्डमा उत्पन्न हुन सक्ने सम्भावित बाढीको पूर्वअनुमान र विश्लेषण गर्दै आपत्कालीन उद्धार कार्यका लागि आवश्यक सहयोग र पूर्वतयारी गरिरहेको छ।

mediabaaji add

सम्बन्धित खबर

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

काठमाडौँ । बैंककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ। उद्धार गरिएका सबै स्वदेश फर्केका छन् । विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धा...

मेलम्चीको पानी आपूर्ति बन्द

काठमाण्डौँ । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलका प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि...

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने सिनामङ्गल चोक तथा तिलगङ्गा क्षेत्रमा बिजु...

कम्बोडियाबाट २० नेपालीको उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र बिना भिसा बसिरहेका २० नेपालीलाई उद्धार गरी स्वेदश फर्काइएको छ । थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी उनीहरुलाई आज स्वदेश फर्काइएको हो ।

...

चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति

संखुवासभा । जिल्लाको चैनपुर नगरपालिका–१  याङसिजुङमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति चैनपुर नगरपालिका–१  याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तल घर पू...

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ ।

महाशाखाका अनुसार...