बुधबार, ११ कात्तिक २०८३
नेपाली

कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन काठमाडौँका ११ प्रदेशसभा क्षेत्रीय सभापतिहरूको संयुक्त अपिल

Main News Image

काठमाण्डौँ । नेपाली कांग्रेस काठमाडौँ जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्रका सभापतिहरूले यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको पार्टीको विशेष महाधिवेशनमा सक्रिय सहभागिता जनाउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेका छन् ।

बागमती प्रदेशअन्तर्गत काठमाडौँ जिल्लाका ११ वटै प्रदेशसभा निर्वाचन क्षेत्रका सभापतिहरूले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनको स्वागत गरेका हुन् । उनीहरूले जेन्जी आन्दोलनपछिको देशको विषम राजनीतिक अवस्थालाई मध्यनजर गर्दै लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित आह्वान भएको विशेष महाधिवेशन समयसापेक्ष र आवश्यक रहेको उल्लेख गरेका छन्।

विज्ञप्तिमा नेपाली कांग्रेस वैचारिक स्पष्टता, संगठनात्मक एकता र आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउँदै समसामयिक राजनीतिक चुनौतीबारे गम्भीर निर्णय लिन सक्षम पार्टी भएको दाबी गरिएको छ। सम्पूर्ण महाधिवेशन प्रतिनिधिको सक्रिय सहभागिताबाट पार्टीलाई नयाँ दिशा र गति दिन सकिने विश्वास पनि व्यक्त गरिएको छ ।

कांग्रेस विधान २०१७ संशोधनसहितको दफा १७, २ अनुसार पुस २७ र २८ गते आयोजना हुने विशेष महाधिवेशनमा अनिवार्य रूपमा उपस्थित भई पार्टी निर्माणको प्रक्रियामा योगदान दिन उनीहरूले सबै प्रतिनिधिलाई अपिल गरेका छन् ।

संयुक्त विज्ञप्तिमा प्रदेशसभा क्षेत्रीय सभापतिहरू प्रल्हाद कार्की, ध्रुव केसी, विमल होडा, रामप्रसाद लुइँटेल, रमेश डंगोल, राजु खड्का, ख्याम तिवारी, वासुदेव लामा, शिवकुमार खनाल, मोहनकुमार बस्नेत र राजेन्द्र भट्टराईको हस्ताक्षर रहेको छ ।

mediabaaji add

सम्बन्धित खबर

११ महिनादेखि अमेरिकामा रहेका देउवालाई पदमुक्त गर्ने सभामुखको निर्णयमा कांग्रेसको विरोध

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले सभामुखको भूमिकामाथि प्रश्न उठाएका छन् । ११ महिनादेखि अमेरिकामा रहेका कांग्रेस सांसद प्रकाश देउवालाई सभामुख भीम भण्डारीले हिजो पदमुक्त गरेपछि शा...

राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन एकसाथ अघि बढाउँदै आयोग

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई एकसाथ तीव्र बनाएको छ । आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ भने प्रतिनिधिसभा सदस्य न...

कांग्रेस नेता अभिषेक गिरी पक्राउ

काठमाडौँ । विराटनगरको गुण्डागर्दी पृष्ठभूमिका कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन् । उनको घरमा शनिबार बिहान प्रहरीले छापा मारेको थियो । लगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङ प्रहरीका अनुसार गिरिलाई कारागारमा अवैध असुली धन्दा चलाए...