सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बकुहर अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सिन्धुली गुरुकुल कलेजबाट अध्ययन भ्रमणमा चितवन आएकी हुन् । उनी सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्थायी बासिन्दा हुन् ।
एक्सप्रेस
सम्बन्धित खबर
दसैंका लागि अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुल्ने
काठमाडौँ । दसैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न असोज २३ गतेदेखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। यातायात व्यवस्था विभागले मंगलबार राष्ट्रिय यातायात व्यवसायी महासंघ, ट्रक व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, य...
निर्वाचनका दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने भएको छ । मंगलबार एक सूचना जारी गर्दै देशभर सबै प्रकारका आन्तरिक उडानहरु आवश्यकताअनुसार सञ्चालन हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले...
आन्तरिक विवादले परीक्षा रोकिएपछि वीरगञ्जको हरि खेतान क्याम्पस तनावग्रस्त
वीरगञ्ज । वीरगञ्जको प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था हरि खेतान बहुमुखी क्याम्पस अहिले रणमैदानमा परिणत भएको छ । क्याम्पस सञ्चालक समिति र प्राध्यापक संघबीचको आन्तरिक शक्ति संघर्ष र खिचातानीका कारण करिब ४ हजार विद्यार्थीको भविष्य अन्धकारतर्फ धकेलि...
हावाहुरीका कारण कटारीमा २ को मृत्यु, ५ जना घाइते
काठमाडौँ । आइतबार साँझ आएको हावाहुरीका कारण उदयपुरको कटारीमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी ४९ वर्षीया मिनामाया तामाङ र कटारी नगरपालिका–५ का ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् ।
एनआरएनए एकतापछि स्टेरिङ कमिटीको बैठक आज बस्दै
काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको एकतापछि गठन भएपछि स्टेरिङ कमिटीको पहिलो बैठक बस्दै छ । डिसेम्बर ५ तारिख शुक्रवार बिहान ९ बजे बैठक बस्ने जनाइएको छ । गत आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एनआरएनएका...
फेरि हिमपात भयो मुक्तिनाथ क्षेत्रमा
मुस्ताङ । यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा भारी फेरि हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा यस वर्ष चौथो पटक हिमपात भएको हो । मुक्तिनाथ क्षेत्रमा आज दिउँसोदेखि निरन्तर हिमपात भइरहेको मुक्तिनाथ विकास समितिका सहव्यवस्थापक...



