सडकमा धुलो झारेर प्रदूषण गर्ने घरधनीलाई २५ हजार रुपैयाँ जरिवाना
काठमाडौँ । काठमाडौं महानगरपालिकाले सडकमा धुलो खसालेर वातावरण प्रदूषण गर्ने घरधनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिका वडा नं १५ किमाडोलस्थित निर्माणाधीन आवासीय घरमा आवश्यक सावधानी नअपनाई निर्माण सामग्री ओसारपसार गर्दा सडकमा धुलो खसालेर प्रदूषण गरेको पाइएपछि महानगर प्रहरी बलले कारबाही गरेको हो ।
महानगर प्रहरीले घरधनीबाट २५ हजार रुपैयाँ जरिवाना असुल गर्नुका साथै धुलो र फोहोरले प्रदूषित भएको सडकखण्ड तत्काल सफा गर्नसमेत लगाएको जनाएको छ । काठमाडौं महानगरपालिकाले सडक फोहोर गर्ने, धुलो उडाउन दिने तथा वातावरण प्रदूषण हुने गतिविधि गरेको पाइएमा कारवाही गर्दै आएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा...
सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बकुहर अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्य...



