पूर्वाधार क्षेत्रमा कायापलट गर्ने स्पष्ट खाका तयार छ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको पूर्वाधार विकास ढिलाइ हुनुमा सतही कारण मात्र नभई प्रणालीगत समस्यालाई मुख्य दोषी ठानेका छन् । सामाजिक सञ्जालमार्फत जारी भिडियो सन्देशमा उनले अबको ५ वर्षमा पूर्वाधार क्षेत्रमा व्यापक सुधार र रूपान्तरण गर्ने स्पष्ट खाका प्रस्तुत गरे ।
थापाले नारायणगढ–बुटवल सडक खण्ड, पूर्व–पश्चिम राजमार्ग र मेलम्ची खानेपानी आयोजनाजस्ता राष्ट्रिय महत्त्वका परियोजनाहरूको हालको अवस्था देखाउँदै विकासको परम्परागत शैली अब प्रभावकारी नहुने निष्कर्ष प्रस्तुत गरे । सडक बन्नासाथ खानेपानी, ढल र फाइबरको लागि बारम्बार खन्ने प्रवृत्तिले मात्र लागत बढाएको र मुलुकले ठूलो अवसर खर्च गरेको उनले औँल्याए ।
पूर्वाधार निर्माणमा ढिलाइ हुनुको प्रमुख कारण पुराना कानून भएको ठान्दै थापाले सडक ऐन, सार्वजनिक खरिद ऐन लगायत करिब तीन दर्जन कानून संशोधन वा खारेज गर्नुपर्ने बताए। योजना छनोटदेखि नै राजनीतिक पहुँच र दबाबको आधारमा आयोजना पार्ने परम्परा अन्त्य गर्दै ‘कस्ट–बेनेफिट एनालाइसिस’ अनिवार्य गर्नुपर्ने उनको सुझाव छ ।
एक्सप्रेस
सम्बन्धित खबर
जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त...
बालेन प्रधानमन्त्री हुनुअघि नै नेवि संघको चेतावनी : आगोको गोलामा हात नहाल्नु
काठमाडौँ । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ नेविसंघले विद्यार्थी संगठनहरू खारेज गर्ने कुनै पनि प्रयास नगर्न भावी सरकारलाई कडा चेतावनी दिएको छ । शुक्रबार काठमाडौंमा आयोजित नेविसंघको सिनेट बैठकमा बोल्दै अध्यक्ष दुजाङ शेर्पाले यस्तो कदम चालिए...
सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
काठमाडौँ । सरकारले निर्वाचनको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्ने भएको छ । सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिले आज तीन दलका कार्यालयको अनुगमनका...



