दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा गम्भीर घाइते
दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–१, क्याङ्पोलमा आइतबार राति गएको पहिरोमा परी ४ महिनाकी एक शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छिन् ।
प्रहरीका अनुसार माइतीबाट घर फर्कने क्रममा राति करिब ९ बजे सडकमाथिबाट खसेको पहिरोले च्याप्दा कालिञ्चोक–१ क्याङ्पोल निवासी १९ वर्षीया शर्मिला थामी र उनकी ४ महिनाकी छोरी एलिना थामी पहिरोमा परेका थिए।
स्थानीयले घटनाको जानकारी पाउनासाथ तत्काल उद्धार गरी उनीहरूलाई उपचारका लागि धुलिखेल अस्पताल पुर्याएका थिए। अस्पताल लैजाने क्रममा बाटोमै एलिनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
चन्द्रमाको फन्को लगाएर फर्किंदै आर्टेमिस–२
काठमाडौँ । चार अन्तरिक्षयात्री बोकेको आर्टेमिस–२ मिशन चन्द्रमाको परिक्रमा गरेर पृथ्वीतर्फ फर्किएको छ। नेपाली समयअनुसार मंगलबार बिहान टोलीले चन्द्रमाको फन्को लगाएको हो। यस क्रममा मानव इतिहासमै पृथ्वीबाट सबैभन्दा टाढा पुग्ने नयाँ कीर्तिमानसमेत कायम...
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको...
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा...
सडक विभागले बनायो ‘टास्क फोर्स’, राजमार्गका पहिरो पन्छाउन १५५ उपकरण
काठमाडौँ । बर्खा सुरु भएसँगै पहिरो हटाउन देशभर राजमार्गको विभिन्न खण्डमा १ सय ५५ वटा उपकरण परिचालन गरिएको छ। थप १ सय २२ उपकरण तैनाथ राखिएको छ। सडक विभागअन्तर्गत यान्त्रिक महाशाखाले पहिरोको जोखिम रहेका राजमार्गमा पहिरो खस्नासाथ पन्छाउन मिल्ने...
मलेसिया रोजगारीमा २५ मुख्य संस्थाको छानबिन, २५० संस्थाको पूर्वस्वीकृति रोक्का
काठमाडौँ । सरकारले मलेसिया रोजगारीमा नेपाली श्रमिक पठाउने प्रक्रियासँग जोडिएका वैदेशिक रोजगार व्यवसायी संस्थामाथि छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको छ। वैदेशिक रोजगार विभागले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली एफडब्लूसीएमए...
जेठ ४ सम्म त्रिभुवन विमानस्थल राति ७ घण्टा बन्द रहने
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार निर्माण कार्य तीव्र पार्न दैनिक राति ७ घण्टा उडान तथा अवतरण बन्द गरिने भएको छ । विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार आगामी जेठ ४ गतेसम्म प्रत्येक दिन राति...



