दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा गम्भीर घाइते
दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–१, क्याङ्पोलमा आइतबार राति गएको पहिरोमा परी ४ महिनाकी एक शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छिन् ।
प्रहरीका अनुसार माइतीबाट घर फर्कने क्रममा राति करिब ९ बजे सडकमाथिबाट खसेको पहिरोले च्याप्दा कालिञ्चोक–१ क्याङ्पोल निवासी १९ वर्षीया शर्मिला थामी र उनकी ४ महिनाकी छोरी एलिना थामी पहिरोमा परेका थिए।
स्थानीयले घटनाको जानकारी पाउनासाथ तत्काल उद्धार गरी उनीहरूलाई उपचारका लागि धुलिखेल अस्पताल पुर्याएका थिए। अस्पताल लैजाने क्रममा बाटोमै एलिनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
काठमाडौँ । बैंककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ। उद्धार गरिएका सबै स्वदेश फर्केका छन् । विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धा...
यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोसी र गण्डकी प्रदेशको पहाडी भूभागका ए...
चितवनमा बाढीका २२९ बेवारिसे शव गाड्ने जिल्ला प्रशासनको निर्णय, डिएनए नमुना सुरक्षित राखिने
चितवन । रसुवा बाढीका कारण नदीले बगाएर चितवनका विभिन्न स्थानमा पुर्याएका २ सय ३३ वटा शवमध्ये पहिचान हुन नसकेका २ सय २९ वटा शवलाई जमिनमुनि गाडेर व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सङ्कलन गरिएका शवहरूमध्य...
मनसुन र पश्चिमी वायुको प्रभाव : आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित रहेकाले आज मौसम आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो कोशी, बागमती र गण्डकी प्...
काठमाडौं महानगरपालिकाले भन्यो : नदीको दायाँबायाँमा लगाएको निर्माणको प्रतिबन्ध हट्यो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँ बायाँ भवन निर्माण अनुमतिमा यसअघि लगाइएको प्रतिबन्ध हटाएको छ । महानगरपालिकाले आज सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशअनुसार नदीको दायाँ बायाँ भवन निर्माण गर्न अनुमति दिइएको जनाएको...
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ ।
आज दिउँसो तराई...



