बिहिबार, १२ कात्तिक २०८३
नेपाली

एसईईको परीक्षा केन्द्र निर्धारण गर्न राष्ट्रिय परीक्षा बोर्डको ९ बुँदे निर्देशन

Main News Image

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको ‘परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०’ ले माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०८२ को परीक्षा केन्द्र निर्धारणका लागि देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई ९ बुँदे निर्देशन दिएको छ ।

विगतका वर्षमा परीक्षा केन्द्र निर्धारण तथा परीक्षा केन्द्रमा हाजिरी, उत्तरपुस्तिका व्यवस्थापनलगायतका विषयमा त्रुटि हुँदा नतिजा प्रकाशनमा समस्या तथा केही परीक्षार्थीको नतिजा अवरुद्धसमेत भएकाले परीक्षा केन्द्र निर्धारण गर्दा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका ९संशोधनसहित० २०६८ मा भएका व्यवस्था कडाइका साथ लागु गर्नरगराउन पुस मसान्तसम्म केन्द्र निर्धारण गर्न ‘परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०’ ले शिक्षा विकास तथा समन्वय एकाइहरूलाई निर्देशन दिएको छ।

एसईई २०८२ को परीक्षा केन्द्र निर्धारणका सम्बन्धमा विभिन्न जिल्लाबाट सोधनी भएपछि ‘परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०’ ले यस्तो निर्देशन दिएको हो ।

यस्तो छ एसईईको परीक्षा केन्द्र निर्धारणबारे नौबुँदे निर्देशन :

१. न्यूनतम परीक्षार्थी संख्या हिमाली क्षेत्रमा कम्तीमा १५० जना, पहाडी क्षेत्रमा कम्तीमा २५० जना र तराई/भित्री मधेस/उपत्यकामा कम्तीमा ३०० जनाभन्दा कम र ४०० भन्दा बढी नहुने गरी केन्द्र कायम गर्ने व्यवस्था कडाका साथ कार्यान्वयन गर्ने तर जतिसुकै परीक्षार्थी संख्या भए पनि एक जिल्लामा कम्तीमा एउटा परीक्षा केन्द्र कायम गर्ने

२. उल्लिखित विद्यार्थी संख्याका आधारमा मात्र परीक्षा केन्द्रका लागि रकम उपलब्ध हुने हुँदा सोभन्दा कम विद्यार्थी संख्या रहने गरी केन्द्र कायम भएमा त्यसको सम्पूर्ण व्यवस्थापनमा एकाइ जिम्मेवार हुनुपर्ने छ।

३. आफ्नै विद्यालयका विद्यार्थीहरू ( होम सेन्टर) नपर्ने गरी र पारस्पारिक केन्द्र नहुने गरी केन्द्र निर्धारण गर्ने। एउटा मात्र केन्द्र हुने जिल्लाको हकमा होम सेन्टर कायम गर्न बाधा नहुने र दुईओटा मात्र केन्द्र हुने जिल्लाको हकमा पारस्पारिक केन्द्र हुन सक्ने छ। एउटा विद्यालयका विद्यार्थी मात्र रहने गरी केन्द्र कायम नगरी कम्तीमा दुई वा सोभन्दा बढी विद्यालयका विद्यार्थी सहभागी हुने गरी केन्द्र कायम गर्नुपर्ने छ।

४. तराई/भित्री मधेस/उपत्यकालगायतका सहरी क्षेत्रमा यथा सम्भव एउटा विद्यालयको हरेक वर्ष एउटै परीक्षा केन्द्र नपर्ने गरी केन्द्र निर्धारण गर्ने

५. प्राविधिक धारतर्फका सम्पूर्ण परीक्षार्थीहरूका लागि परीक्षा केन्द्र अलग्गै कायम गर्ने। यसरी केन्द्र कायम गर्दा परीक्षार्थी संख्याको आधारमा प्रत्येक जिल्लाको उपयुक्त स्थानमा एक ओटा र एकभन्दा बढी केन्द्र भएमा विभिन्न पालिकाको केन्द्र पर्ने सुविधायुक्त ठाँउ यकिन गरी क्षेत्रगत रूपमा राख्ने व्यवस्था मिलाउने साथै २०७९ सालका ग्रेडवृद्धि तर्फका (पुरानो प्रश्नपत्रअनुसार परीक्षा दिने) सबै परीक्षार्थीहरूको जिल्ला सदरमुकाममा एउटै परीक्षा केन्द्रमा रहने गरी व्यवस्था गर्ने

६. अपांगता (विशेष क्षमता) भएका परीक्षार्थीहरू (थोरै, १/२ को संख्यामा रहेको अवस्थामा) को हकमा आवश्यक व्यवस्था गरी नजिकको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाई त्यस्ता परीक्षार्थीहरूको उत्तरपुस्तिका छुट्टै प्याकेट बनाई शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउने र शिक्षा विकास तथा समन्वय इकाइले त्यस्ता उत्तरपुस्तिका सम्बन्धित विद्यालयको परीक्षा केन्द्रको सम्बन्धित विषयको प्याकेटमा राख्ने व्यवस्था गर्ने। तर एउटै विद्यालयबाट वा एउटै परीक्षा केन्द्रमा पर्ने विद्यालयहरूमा धेरैको संख्यामा त्यस्ता परीक्षार्थीहरू रहेको वा स्रोत कक्षा रहेको खण्डमा परीक्षार्थीहरूलाई पायक पर्ने गरी सोही परीक्षा केन्द्र मातहतमा सम्बन्धित विद्यालयमा उपकेन्द्र कायम गरी परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन सकिने

७. कतिपय जिल्लाहरूबाट पालिकागत रुपमा केन्द्र कायम गर्ने विषयमा सोधनी हुने गरेको सन्दर्भमा विद्यार्थीहरूको सुविधा, परीक्षाको मर्यादा र निष्पक्षतामा सुनिश्चितता, परीक्षा सञ्चालन र व्यवस्थापनमा सहजता हुने तथा निर्विवाद ढङ्गबाट सहमती कायम हुने अवस्था रहेमा उल्लिखित विद्यार्थी संख्यामा नघट्ने गरी समन्वयात्मक ढंगबाट पालिकागत रूपमा समेत केन्द्र निर्धारण गर्न सकिने

८. विद्यार्थीहरूले तोकिएकै परीक्षा केन्द्रबाट परीक्षा दिनुपर्ने छ। तोकिएको परीक्षा केन्द्रबाहेक अन्य केन्द्रबाट परीक्षा दिएमा निजको परीक्षा रद्द हुन सक्ने छ।

९. केन्द्र निर्धारण तथा परीक्षा सञ्चालन र व्यवस्थापनसम्बन्धी अन्य विषयहरू माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका (संशोधनसहित) २०६८ मा व्यवस्था भएबमोजिम हुने छ।

द्रष्टव्य : केन्द्र सिफारिस गर्दा अनिवार्य रूपमा केन्द्र नम्बर, परीक्षा केन्द्र विद्यालयको विद्यालय कोड नम्बरअन्तर्गतका विद्यालयको विद्यालय कोड नम्बर, केन्द्राध्यक्ष्यको नाम, सम्पर्क मोबाइल नम्बर र इमेल एड्रेस संलग्न गर्नुहुन अनुरोध छ।

mediabaaji add

सम्बन्धित खबर

आज ईद उल फित्र पर्व मनाइँदै

काठमाडौँ । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् । आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफुभन्दा ठूला बडाकहाँ गएर आशिर्वाद...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको अनुसार आज दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा म...

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ । २०८३ साल साउन ३ गते आइतबार सन् २०२६ जुलाई १९ तारिख। असार शुक्ल पक्षको षष्ठी तिथि । हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।

धर्मशास्त्रमा उल...

बकैयामा ट्याक्टर दुर्घटना : दुई मजदुरको मृत्यु, १९ जना घाइते

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–७ अन्तर्गत पर्ने फास्टट्र्याकमा मंगलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई मजदुरको ज्यान गएको छ। दुर्घटनामा १९ जना घाइते भएका छन् । लु ५ त १७४ नम्बरको ट्रयाक्टर अनियन्त्रित भ...

जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

काठमाडौँ । दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त राष्ट्रसंघमा विशेष प्रस्तुती दिएको छ । नेपालको प्रतिनिधित्व गर्दै जीवन विज्ञान प्रतिष्ठानले ध्यान दिवसका अवसरमा संयुक्त राष्ट्रसंघमा शुक्रबार ध्यानसम्बन्धी अलग(अलग दुई कार्यक्रम...

नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षकलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ । नेपाल सरकार गृहमन्त्रीस्तरको आज कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्न...