ग्यास सिलिण्डर विष्फोटमा ९ जना नेपालीले ज्यान गुमाए
काठमाडौँ । भारतको हिमाचल प्रदेशको सोलन जिल्लामा ग्यास सिलिण्डर विष्फोटमा ९ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउने नेपालीहरू सल्यान जोल्लाका भएको बताइएको छ । भारतीय मिडियाका अनुसार ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीका कारण धेरैको ज्यान गएको हो ।
प्राप्त जानकारीअनुसार घटनामा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ का ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरी १६ वर्षीया राधा विक, १० वर्षीया रेणुका विक, राजन विक, ४७ वर्षीय काशिराम विक, उगकी श्रीमती ३२ वर्षीया टीका विक, छोरी १२ वर्षीया अनु विक र छोरा ७ वर्षीय किरण विकको ज्यान गएको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
अमेरिकाले आफ्ना नागरिकलाई भन्यो : खतरा देखियो, तुरुन्त भेनेजुएला छाड्नू
काठमाण्डौँ । अमेरिकाले आफ्ना नागरिकलाई तुरुन्तै भेनेजुएला छाड्न आग्रह गरेको छ । भेनेजुएलामा सशस्त्र अर्धसैनिक बलले अमेरिकी नागरिकलाई पक्रन खोजिरहेको भन्दै अमेरिकाको विदेश मन्त्रालयले उनीहरूलाई तत्काल त्यहाँबाट बाहिरिन सुझाव दिएको हो ।
द गार्...
हङकङमा रनवेबाट चिप्लिएर विमान समुद्रमा खस्यो, दुई जनाको मृत्यु
काठमाडौँ । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा खसेको छ । एमिरेट्स फ्लाइट ईके ९७८८ विमान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको बीबीसीले जनाएको छ । मृतक दुबै विमानभित्रको नभएर विमानस्...
जापानको आणविक मोह प्रति रुसको कडा चेतावनी
काठमाडौँ । जापानले आणविक हतियार प्राप्त गर्ने विषयमा आन्तरिक छलफल सुरु गरेको भन्दै रुसले त्यसको कडा शब्दमा विरोध गरेको छ । रुसी उप विदेशमन्त्री आन्द्रे रुडेन्कोले जापानको यस्तो कदमले उत्तरपूर्वी एसियाको सुरक्षा सन्तुलन बिगार्ने चेतावनी दिएका हुन्...
उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट विकास, प्रविधिमा पूर्ण श्रेष्ठता हासिल गर्न किमको निर्देशन
काठमाडौँ । उत्तर कोरियाले कृत्रिम बौद्धिकता एआई प्रविधिमा आधारित ड्रोन र पहिलो पटक ६०० मिलिमिटर क्षमताको ‘स्नाइपर’ बहुप्रक्षेपक रकेट प्रणाली सार्वजनिक गरेको छ । उक्त अवसरमा नेता किम जोङ उनले ड्रोन प्रविधिमा पूर्ण श्रेष्ठता हासिल गर्न निर्देशन दि...
अमेरिका र इरानबीच १४ बुँदे समझदारी
काठमाडौँ । संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी अन्तिम सम्झौताका लागि १४ बुँदे समझदारी पत्र एमओयूमा सहमति भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध...
हिन्द महासागरम डुङ्गा दुर्घटना हुँदा २५० जना बेपत्ता
काठमाडौँ । बंगलादेशबाट मलेशियातर्फ जाँदै गरेको डुङ्गा हिन्द महासागरको पूर्वी किनारस्थित अण्डमान सागरमा दुर्घटनाग्रस्त हुँदा करिब २५० जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्र संघको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार दुर्घटनामा रोहिङ्ग्या र बंगलादे...



