बुधबार, ११ कात्तिक २०८३
नेपाली

८ लाख ३७ हजार मतदाता थपिए

Main News Image

काठमाडौँ । नेपालमा आठलाख ३७ हजार भन्दा धेरै मतदाता थपिएका छन् । आगामी फागुन २१ गतेको लागि घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि मतदाता नामावली दर्ता प्रक्रियामा उत्साहजनक सहभागिता देखिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मंसिर ५ गतेसम्म आठ लाख ३७ हजार ९४ जना मतदाताले नामावली दर्ताका लागि आयोगमा निवेदन दिएका छन्।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सरकारले अध्यादेशबाट नामावली दर्ता प्रक्रिया सुरु गर्ने घोषणा गरेयता आठ लाख ३७ हजार ९४ जना मतदाताले नामावली दर्ता गराएका छन्। सुरुमा कात्तिक ३० गतेसम्म नामावली दर्ता गर्ने समयसीमा राखेको आयोगले सरकारको आग्रहमा नामावली दर्ताको म्याद मङ्सिर ५ गतेसम्म थप गरेको थियो।

आयोगको वेबपोर्टलमार्फत अनलाइन प्रविधिबाट तीन लाख ४४ हजार ९१४ जनाले नामावली दर्ता गराएका छन्। जसमध्ये एक लाख ९२ हजार ८९० जना पुरुष र एक लाख ५१ हजार ९८० जना महिला छन्। आयोगका अनुसार ४४ जना लिंग अन्य उल्लेख गरेर पनि मतदाताले नामावली दर्ता गराएका छन्।

mediabaaji add

सम्बन्धित खबर

केपी ओलीलाई अनुमति बिना काठमाडौं छाड्न लगाइएको प्रतिबन्ध फुकुवा

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ । भदौ २३ र २४ गतेको आन्दोलनका घटनाको छानबिन तथा जाँचबुझ आयोगले ओलीलाई अनुमति बिना काठमाडौं उपत्यका छाड्न र विदेश जान रोक लगाएकोमा अब सो स्थान हद फुकुवा ग...

देउवा, ओली र प्रचण्डसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका तीन शीर्ष नेतासँग छलफल गर्दै छिन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई आज प्रधानम...

उज्यालो नेपाल पार्टीको ९ सदस्यीय सचिवालय गठन

काठमाडौँ । उज्यालो नेपाल पार्टीले सचिवालय गठन गरेको छ । शुक्रबार मध्यरातसम्म बसेको बैठकले अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा सचिवालय टुंग्याएको हो । पार्टीको विधानअनुसार १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था भए पनि हाल ९ जनाको मात्र चयन गरिएको छ । विधा...