बुधबार, ११ कात्तिक २०८३
नेपाली

७० हजार नयाँ मतदाता थपिए

Main News Image

काठमाडौँ । मतदाता नामावलीमा नाम दर्ता गर्न क्रम जारी छ । हालसम्म ७० हजार नयाँ मतदाता थपिएका छन् । २ कात्तिकसम्म ७० हजार ४ सय १५ जना व्यक्ति मतदाता नामावलीमा थपिएका निर्वाचन आयोगले जनाएको छ । अध्यादेशमार्फत कानुन संशोधन गरेर छुटेका व्यक्तिका लागि अतिरिक्त समय दिइएपछि मतदाता नामावलीमा नाम दर्ता गराउने क्रम जारी छ ।

निर्वाचन आयोगले ९ असोजमा सूचना प्रकाशित गरेर मतदाता नामावली संकलन थालिएको भनेको थियो । त्यसयता त्यसमध्ये ४३ हजार १ सय ६५ पुरुष र २७ हजार २ सय ४४ महिला र ६ जना अन्यले नाम दर्ता गराएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए ।

सरकारले मतदाता नामावली ऐन संशोधन गरेर निर्वाचन घोषणा पछाडि पनि मतदाता नामावली संकलनको व्यवस्था गरेको हो । २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिएको छ । निर्वाचन घोषणा भएको मितिबाट मतदाता नामावली संकलन नगरिने कानुनी व्यवस्थालाई सरकारले संशोधन गरेपछि नामावली संकलनको बाटो खुलेको हो । त्यसअनुसार आयोगले ३० कात्तिकसम्म मतदाता सूचीमा नाम दर्ता गराउन सकिने समय दिएको छ ।

२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि २७ भदौमा प्रतिनिधिसभा विघटन गरिएपछि नयाँ निर्वाचनको घोषणा गरिएको छ । नयाँ निर्वाचनको घोषणा हुँदै गर्दा ठूलो संख्यामा युवाको नाम मतदाता नामावलीमा नरहेको आकलन गरेर कानुनमा संशोधन गरेर विशेष व्यवस्था गरिएको हो ।

 

mediabaaji add

सम्बन्धित खबर

देउवाका छोरा जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको पत्र, ७ दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका सिलसिलामा सात दिनभित्र बयानका लागि उपस्थित हुन निर्देशन दिएको छ ।

विभागले सोमबार काठमाडौंको...

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट

काठमाडौँ ।  परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिलासम्बन्धी सहायकमन्त्री एसपल कपुरले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल(अमेरिका द्विपक्षीय सम्बन...

निर्धारित समयमै निर्वाचन हुनेमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री खरेल

काभ्रेपलाञ्चोक । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संविधान र लोकतान्त्रिक अभ्यासअनुसार तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने बताएका छन् । आज काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको अवलोकनका क्रममा सञ्चारकर्मीसँग क...

संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

सुर्खेत । संघीयताको मर्मअनुरूप नेपालको संघीयता कार्यान्वयन नहुँदा प्रदेश सरकारहरू संघीय सरकारको इकाई जस्तै देखिएको सरोकारवालाले बताएका छन् । शनिबारदेखि सुरु भएको कर्णाली उत्सव ‘कुडा कर्नालीका‘’ सातौँ संस्करणको ‘शक्तिको सोपान बाँडफाँडदेखि विकाससम्म...

हरिबोलमाथिको कारबाही फिर्ता नगरिए नेकपा बचाउन गाह्रो हुने झलनाथको चेतावनी

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता झलनाथ खनालले नेता हरिबोल गजुरेललाई गरिएको कारबाही फिर्ता गर्न संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुली २ मा पार्टीको आधिकारिक उम्मेदव...

१५ औं महाधिवेशनको मितिसम्बन्धी कांग्रेस अझै अनिर्णित

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औं महाधिवेशनको मितिमा बहस जारी छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा महाधिवेशनको कार्य तालिकाको सन्दर्भमा सदस्यहरुले आफ्नो राय राखेको कांग्र...