७ दलिय गठबन्धनले विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्दै
जनकपुर । मधेश प्रदेशमा हालै बनेको ७ राजनितिक दलहरुको गठबन्धनले आज जनकपुरधामसहित प्रदेशभर विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्ने भएको छ । हिजो अबेर राति प्रेस विज्ञप्ती जारी गर्दै सात दलिय गठबन्धनले आज बिहान ८ः३० बजे देखि विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिएको छ । सात दलिय गठबन्धनमा जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी रहेको छ । उनीहरुले आज गर्ने विरोध प्रदर्शनमा सहभागी हुन घटक दलका सम्पूर्ण नेता तथा कार्यकर्ता एवं न्याय प्रेमी जनतालाई आग्रह गरेका छन् ।
हिजो बेलुकी मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले जनकपुरधामस्थित मधेश भवनभित्र अस्थायी रुपमा बनाइएको मुख्मन्त्री कार्यालयमा पदभार ग्रहण गरेका थिए । सोही समयमा मधेश भवन अगाडि ७ राजनितिक दलका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरिरहेका थिए ।
प्रदर्शन भइरहेकै समयमा सुरक्षाकर्मीले लाठी चार्ज सुरु गरेपछि दजर्न बढी नेता कार्यकर्ताहरु घाईते भएका छन् । उनीहरुको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । एक जना नेताको खुट्टा नै भाँचेको छ । समाचार संकलनका लागि गएका एक जना सञ्चारकर्मीको पनि टाउको फुटेको छ ।
सात दलिय गठबन्धनले तत्कालीन मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले असंवैधानिक तरिकाबाट सरोज कुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै नियुक्ति खारेजी गर्नु पर्ने माग राखेको छ । उनीहरुले हिजो भएको लाठी चार्जमा संलग्न सुरक्षाकर्मीहरुलाई पनि कारवाही गर्नुपर्ने माग अघि सारेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
नेपाली सेनाको सहयोगमा सामाजिक सञ्जाल अनुगमन हुने
काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनमा सामाजिक सञ्जालको अनुगमन नेपाली सेनाको सहयोगमा गर्ने जनाएको छ । आयोगका आयुक्त सगुन शमशेर जबराले दलहरूसँग आचारसंहिताबारे भएको छलफलमा सामाजिक सञ्जाल अनुगमनको व्यवस्था जानकारी गराएका हुन् ।
<...आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको सचिवालयको स्पष्टोक्ति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी धादिङ–१ की उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता नलिएको स्पष्ट पारेकी छन् । विभिन्न सञ्चारमाध्यममा उनको उम्मेदवारी फिर्ता लिएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै तामाङको सचिवालयले ती समाचारह...
एमाले महाधिवेशन उद्घाटस्थलमा चहलपहल, बम डिटेक्टर र तालिमप्राप्त कुकुर परिचालन
काठमाडौँ । नेकपा एमालेका एघारौं महाधिवेशन उदघाटन समारोह स्थलमा चहलपहल बढेको छ । भक्तपुर सल्लाघारीस्थित उद्घाटन समारोहस्थलमा कार्यकर्ताहरू भरिन थालेका छन् । कार्यक्रमस्थलको सुरक्षाका लागि विशेष तालिम प्राप्त कुकुरसहित प...



