६८ वटा दलले दल दर्ता गराए, अन्तिमसम्ममा सबै आउनेछन् : निर्वाचन आयोग
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार दिउसोसम्म ६८ वटा दलले दल दर्ता गराएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले हालसम्म ६८ वटा दलले आगामी प्रतिनिधि सभा निर्वाचनको प्रयोजनका लागि दल दर्ता गराएको बताए। साथै दर्ता कायम भएका दलको संख्या भने १३२ रहेको उनले जानकारी दिए ।
निर्वाचनमा सबैको सहभागिता रहने पनि उनले विश्वास व्यक्त गरे। ‘निर्वाचन एउटा राष्ट्रिय पर्व हो । यसमा सामान्य नागरिकहरुले तीन तरिकाले निर्वाचनमा सहभागिता जनाउने छन्। यसमा सबैको सहभागिता हुने भएकाले दल दर्ताको प्रक्रिया चलिरहेको छ र सबै दलहरू दर्तामा आउनु हुनेछ। त्यसैले आयोगले स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा निर्वाचन गराउने प्रण गर्नेछ,’ प्रवक्ता भट्टराईले भने ।
त्यस्तै उनले विदेशमा बस्ने नेपाली नागरिकहरुका लागि कानुन निर्माणको चरणमा रहेको बताए । आयोगलाई अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड बजेट सुनिश्चित भएको जानकारी दिंदै अपुग बजेट माग गर्दै जाने पनि बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैनः प्रचण्ड
चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिस्थितिलाई सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताएका छन् ।
प्रतिनिधिसभा निर्वाचन : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत
काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेद्वारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ। प्रतिनिधिसभा सद...
कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न अर्थमन्त्री खनालको निर्देशन
गोरखा । अर्थमन्त्री रामेश्वर खनाल निर्वाचन तयारीको पछिल्लो अवस्थाबारे अनुगमन गर्न गोरखा पुगेका छन् । उनी प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसी सहितको टोलीसँग गोरखाका विभिन्न मतदान स्थल र कार्यालयहरू पुगेर कर्मचारीहरूसँग त्यहाँको अवस्थाको बारेमा ज...
बागमतीका मुख्यमन्त्री आज विश्वासको मत लिँदै, राप्रपाको ‘ह्विप’ले बहुमत जुटाउन सकस
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम भदौ ३...



