मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

पुनर्निर्माण कोषमा ६ करोड १० लाख संकलन

Main News Image

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा हालसम्म ६ करोड १० लाख रुपैयाँ संकलन भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेका अनुसार आइतबारसम्म कोषमा ६ करोड १० लाख रुपैयाँ जम्मा भइसकेको छ। सरकारले प्रदर्शनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि उक्त कोष स्थापना गरेको हो ।

सरकारले सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासीय नेपाली, विकास साझेदार, विभिन्न संघ संस्था तथा दातृ निकायलाई कोषमा योगदान गर्न आग्रह गरेको छ । साथै कोषमा दिइने आर्थिक सहयोग रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणनामा कट्टी गर्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ । पुनर्निर्माण कोषका लागि राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार शाखामा खाता खोलिएको छ । कोषमा योगदान गर्ने व्यक्तिहरूको विवरण चाँडै सार्वजनिक गर्ने तयारी अर्थ मन्त्रालयले गरेको छ ।

mediabaaji add

सम्बन्धित खबर

रसुवामा ९ महिनामा साढे ३ करोडका अवैध सामान बरामद

रसुवा । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवामा ३ करोड ५१ लाख ७६ हजार ४२० रुपैयाँ बराबरका अवैध आयातित सामग्री बरामद भएका छन् । रसुवा भन्सार कार्यालयका अनुसार राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय...

असोज मसान्तसम्म १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति

काठमाडौँ । विद्युत् विकास विभागले चालु आवको पहिलो त्रैमासमा कूल १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति प्रदान गरेको छ। ती आयोजनाको कूल क्षमता दुई सय ४१ दशमलव ५० मेगावाट बराबर रहेको छ । विभागले हालसम्म दुई सय ६६ आयोजनालाई निर्माण अनुमतिपत्र प्र...

यति ब्रुअरीले बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशन गर्ने

काठमाडौँ । यति ब्रुअरी लिमिटेडले बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित जेठ २ गते शनिबार नक्सालस्थित रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको छ ।

उक्त सभाले बुक विल्डिङ्ग विधि मार्फत धितोपत्रको प्रारम्भिक स...