आज ६ हजार ४० सिलिन्डर ग्यास वितरण गरिदैँ
काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना हुन नदिन निगरानी बढाउँदै उपभोक्तालाई अनावश्यक भण्डारण स्टक नगर्न आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले ग्यासको आयात नियमित र सहज भइरहेको स्पष्ट पारेका छन् ।
उनका अनुसार हिजो मात्र इन्डियन आयल कर्पोरेसनबाट १११ बुलेट ग्यास लोड भएको छ, जुन करिब १ लाख ४० हजार ७ सय सिलिन्डर बराबर हो । साथै उपभोक्तारुलाई नेपाल ग्यास सहज रूपमा उपलब्ध गराउनका लागि उद्योगसँग निगमले समन्वय गरी ग्यास बिक्री वितरण गराइरहेको जानकारी दिएका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा तोकिएको छ ।
मंगलबार कुन देशको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७१...
बर्दियामा सहकारी द्वारा समर्थन मूल्यमै धान खरिद, किसानलाई राहत
बर्दिया । किसानहरूलाई धानको उचित मुल्य उपलब्ध गराउन सरकारले समय मै धानको न्यूनतम समर्थन मुल्य तोकेको थियो । धानको न्यूनतम समर्थन मुल्य तोकेपनि किसानले भने धानको मुल्य पाउन सकेका थिएनन् । बर्दियाका स्थानीय व्यापारीले कि...
एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि पुराना (सेकेन्ड–ह्यान्ड) विद्युतीय सवारी साधन खरिद गर्न सहज बनाउने उद्देश्यले सेकेन्ड–ह्यान्ड इभी कर्जा सुविधा सुरु गरेको छ । दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकको य...
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
बाँके । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत तरिकाले भूमि दिलाइदिने भन्ने हल्ला र भ्रमका पछि नलाग्न आग्रह गरेको छ । भूमि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष घननाथ खनालले बाँकेको कोहलपुर नगरपालिकालगायतका क्षेत्रमा केही दिनयता...
सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन एकैदिन तोलामा चार हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदीको...



