धनतेरससँगै सुरु भयो ६ दिने तिहार
महोत्तरी। नेपालीको दोस्रो ठूलो चाड तिहार दीपावली पर्व शुक्रबारदेखि सुरु भएको छ। प्राचीन मिथिला क्षेत्रसहित मधेसका जिल्लाहरूमा पहिलो दिन सन्ध्याकालमा दीपमालिका गर्दै धनतेरस मनाइँदै छ। चन्द्रमासको कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने तिहार पर्व यसपटक तिथिको घटबढका कारण छ दिनको परेको छ।
मिथिला परम्पराअनुसार कात्तिक कृष्ण त्रयोदशीका दिन साँझ दीप प्रज्वलन गर्दै धातुका नयाँ भाँडाकुँडा वा गरगहना किनेर लक्ष्मीको पूजा आराधना गर्ने चलन छ। शुक्रबार सूर्योदयमा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी सुरु हुने भएकाले धनतेरस मनाउन लागिएको मैथिल कर्मकाण्डका ज्ञाता महेशकुमार झाले जानकारी दिए।
एक्सप्रेस
सम्बन्धित खबर
मंगलबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४८ रुपैयाँ १८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैया...
ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १०२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २१ लाख १० हजार ५१४ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८९, नियमविपरीत ‘र...



