राष्ट्रपतिसमक्ष सरकारलाई फिर्ता बोलाउनेसहित ५ बुँदे माग
काठमाडौँ । विभिन्न नाममा सङ्गठित २३ जेनजी समूहले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा सरकार जेनजी आन्दोलनको जगमा बनेको भए पनि केवल चुनावमा मात्र केन्द्रित गर्नु स्वीकार्य नहुने उल्लेख छ । उनीहरूले सरकारलाई दिशाहीन र आन्दोलनका मूल भावना बेवास्ता गरेको आरोप लगाएका छन् । यो विद्रोह केवल अर्ली इलेक्सनका लागि मात्र थिएन । आन्दोलनमा सहभागी जेनजी, घाइते र शहीद परिवारका माग तत्काल सम्बोधन गर्नुपर्छ, ज्ञापन पत्रमा भनिएको छ ।
माग सम्बोधन हुन नसकेमा सरकारलाई फिर्ता बोलाएर जेनजी समूहको नेतृत्वमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिले पहल गर्नुपर्ने मागसमेत उनीहरूले राखेका छन् । माग पूरा नभए शान्तिपूर्ण आन्दोलन र दबाब कार्यक्रम पुनः सुरु गर्ने चेतावनी पनि ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन बुझाउने संगठनमा जेनजी नेशनल फ्रन्ट लाइनर, जेनजीसी स्पार्क, एन टेक जेनजी, ऋणी एसोसिएसन नेपाल, जेनजी वाई युनाइटेड, रियल जेनजीलगायत २३ समूह सामेल थिए।
मुलुकका ठूला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाही, जेनजी आन्दोलनमा ‘नरसंहार’ गर्ने जिम्मेवारहरूलाई कानुनी कारबाही, घाइतेको उपचार सुनिश्चितता तथा शहीद परिवारका लागि क्षतिपूर्ति र दीर्घकालीन भरण पोषणको व्यवस्था गर्न पनि माग गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
अब सबै राजनीतिक नियुक्ति खारेज
काठमाडौँ । विभिन्न मन्त्रालयमातहत रहेका विकास समिति, बोर्ड, प्रतिष्ठान र विभागलगायत सरकारी स्वामित्वमा रहेका १ सय १० संस्थाका राजनीतिक नियुक्ति एकमुष्ट रूपमा खारेजीको बाटो खुलेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्...
आज विश्वासको मत लिँदै मुख्यमन्त्री सोनल
जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । ५ दलका ५६ जना प्रदेशसभा सदस्यहरूको सर्मथनमा सोनल गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा १६...
बल प्रयोगले समाधान हुँदैन, सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्छ : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरीमा देखिएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । सिंहदरबारमा जारी सर्वदलीय बैठकमा उनले संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्...
८ वामपन्थी दलबीच पार्टी एकता सहमति, कार्तिक १९ मा संयुक्त सम्मेलन हुने
काठमाडौँ । नेपालको प्रमुख वामपन्थी ८ दलहरूले पार्टी एकता गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक रूपान्तरणमार्फत समाजवादी क्रान्तिको लक्ष्य हासिल गर्ने उद्दे...
उम्मेदवारको गाडीमा फेला परेको बम डिस्पोज, उम्मेदवारसहित चार जना प्रहरी हिरासतमा
काठमाडौँ । विष्फोटक पदार्थ बमसहित फेला परेका पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरीविरुद्ध हातहतियार मुद्दा चल्ने भएको छ । उनी सवार गाडीमा गए राति फेला परेको बम भने नेपाली सेनाले डिस्पोज गरिसकेको जिल्ला प्रहरी, पर्साका डीएसपी हरि बस्नेतले बताएका छन...
एमाले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षामा अडिग छ : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अत्यन्तै असहज अवस्थामा पार्टीले राष्ट्रियता, लोकतन्त्र, शान्ति–सुव्यवस्था, सुशासन र विकासको झण्डा उठाएर आन्दोलन गरेको बताएका छन् । बिहीबार साँझ ११औँ महाधिवेशनको समापन समारोलाई सम्बोधन गर्दै उ...



