काठमाडौँका विभिन्न स्थानबाट नाबालिकामाथि यौनशोषणमा संलग्न ५ जना पक्राउ
काठमाडौँ— नाबालिकालाई जबर्जस्ती यौनशोषणको कार्यमा लगाउने कसुरमा संलग्न भएको आरोपमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पाँच जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यकामा रहेका विभिन्न डान्सबार, क्लब, खाजाघर, स्पा सेन्टर तथा होटेलजस्ता स्थानमा नाबालिकालाई आर्थिक प्रलोभनमा पारेर यौनशोषण गरिएको विशेष सूचनाका आधारमा प्रहरीले कारबाही गरेको हो। काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिई गरिएको विशेष अपरेशनका क्रममा विभिन्न स्थानबाट प्रतिवादीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–२६ स्थित गोल्डेन स्पा, काठमाडौँ महानगरपालिका–७ चाबहिलस्थित फायर लाउञ्ज एन्ड क्लब, काठमाडौँ महानगरपालिका–३ ठमेलस्थित लस्सी झरना एन्ड क्लब, काठमाडौँ महानगरपालिका–२६ स्थित मिठास मिष्ठान्ना खाजाघर तथा काठमाडौँ महानगरपालिका–२६ स्थित खाजाघरमा छापा मारेर नाबालिकाहरूको उद्धार गरिएको थियो।
उद्धार गरिएका नाबालिकालाई सुरक्षित आवासका लागि विभिन्न संरक्षण केन्द्रमा पठाइएको प्रहरीले जनाएको छ। पीडितका तर्फबाट आवश्यक कारबाहीका लागि उजुरी दर्ता भइसकेको र पक्राउ परेका प्रतिवादीविरुद्ध विभिन्न मितिमा मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतबाट थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
आजबाट तिहार सुरु, यमपञ्चकको पहिलो दिन काग तिहार मनाईदै
काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको आज काग तिहार मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास...
सन्दीप चम्किएपछि कतारमाथि नेपालको रोमाञ्चक जित
काठमाडौँ । नेपालले टी–२० विश्वकप छनोट अन्तर्गतको रोमाञ्चक खेलमा कतारमाथि विजयी हुँदै महत्वपूर्ण सफलता हात पारेको छ। खेलको क्रममा नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै जितमा निर्णायक भूमिका खेले। उनको सटीक बलिङ र...
प्रहरी दिवसमा सम्मानित हुँदा भावविह्वल शहिद प्रहरी परिवार (तस्विरहरु)
काठमाडौँ । आज नेपाल प्रहरीले ७० औँ प्रहरी दिवस मनाइरहेको छ । यस अवसरमा प्रहरी प्रधान कार्यालयमा विशेष समरोहको आयोजना समेत गरिएको छ । उक्त कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका...
विषादी मिसिएको पानीले कुलेखानीमा घट्यो माछा उत्पादन
हेटौंडा । मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय ९इन्द्रसरोवर० मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ । मत्स्यविकास केन्द्र कुलेखानी र इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका अनुसार ताल वरपरका गाउँमा हुने व्यावसायिक तरकारीखेतीमा प्रयोग गर...
महावीर पुनलाई कुलमान नेतृत्व पार्टीको समर्थन
काठमाडौँ । वैज्ञानिक महावीर पुन स्वतन्त्र उम्मेदवारको रूपमा मनोनयन गर्दै म्याग्दीबाट प्रतिनिधि सभाको निर्वाचनमा भाग लिए पनि उनलाई राजनीतिक पार्टीको समर्थन पाएको छ । उनलाई उज्यालो नेपाल पार्टीले समर्थन गर्ने भएको छ ।
उज्यालो नेपाल पार्टीका मह...
धनुषामा बस र अटो रिक्सा ठोक्किँदा ४ जनाको मृत्यु!
मिडियाबाजी डटकम काठमाडौँ ,कात्तिक १६ । धनुषामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ ।
अन्य दुईजना बालबालिका गम्भीर घाइते भएका छन् ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ...



