बुधबार, ११ कात्तिक २०८३
नेपाली

दिउँसो १ बजेसम्म खस्यो ४४ लाख ५५ हजार मत

Main News Image

काठमाडौँ । देशभर जारी मतदानमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । बिहीबार बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रियामा दिउँसो १ बजेसम्म कुल ४४ लाख ५५ हजार ७९० मत खसेको छ । निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार यो देशभरको कुल मतदाता संख्याको करिब २४ प्रतिशत हो ।

सबैभन्दा बढी मतदान काठमाडौं उपत्यकामा भएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर गरी तीन जिल्लामा औसत ३६ प्रतिशत मत खसिसकेको छ। काठमाडौं जिल्लामा मात्रै ४१ प्रतिशत मत खसेको देखिएको छ । जुन अहिलेसम्मकै उच्च हो।

प्रदेशगत आधारमा हेर्दा कर्णाली प्रदेशमा ३१ प्रतिशत र लुम्बिनीमा २६ प्रतिशत मतदान भएको छ । यस्तै सुदूरपश्चिममा २५, कोशीमा २३ र मधेश प्रदेशमा २० प्रतिशत मत खसेको छ । बागमती प्रदेशमा भने तुलनात्मक रूपमा कम अर्थात् १९ प्रतिशत मात्र मतदान भएको छ । अहिले देशभरका १६५ वटा निर्वाचन क्षेत्रका १० हजार ९६७ मतदान स्थलमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी छ ।

mediabaaji add

सम्बन्धित खबर

संस्थापनको निर्णय अस्विकार गर्दै देउवा पक्ष आफ्नै ढंगले १५ औं महाधिवेशनमा जाने

काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद झनै चुलिँदै गएको छ । केन्द्रीय कार्यसम्पादन समितिले १४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यहरूलाई वर्तमान केन्द्रीय समितिमा समावेश गरी १५औँ महाधिवेशनमा सहभागी गराउने निर्णय गरे पनि पूर्व सभाप...

दुर्गा प्रसाईं नेतृत्वको अभियानका प्रतिनिधिसँग वार्ता गर्न सरकारले बनायो टोली

काठमाण्डौँ । सरकारले आन्दोलनरत दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिसँग वार्ताका लागि टोली गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले  सहसचिव लिलाधर सुवेदीको संयोजकत्वम...

उपसभापतिमा सोविता र तोसिमाको भिडन्त हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत आज हुने पदाधिकारी निर्वाचनमा महिला उपसभापति पदका लागि सोविता गौतम र तोसिमा कार्कीबीच भिडन्त हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारहरूको अन्तिम नामावलीमा महिला उ...