बझाङको कोट्देवल केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प
बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लास्थित कोट्देवललाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ४:४० बजेको समयमा ४.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो ।
उक्त भूकम्पको कम्पन बझाङका साथै छिमेकी जिल्ला बैतडीका विभिन्न क्षेत्रहरूमा समेत महसुस गरिएको थियो। बिहानै भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दा केही बेर त्रसित बनेका थिए । यद्यपि, भूकम्पका कारण हालसम्म कुनै पनि धनजनको क्षतिको विवरण प्राप्त नभएको प्रहरी तथा स्थानीय प्रशासनले जनाएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
जलविरे दुर्घटनापछि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो, ३३ जना घाइते
काठमाडौँ । जलविरेमा दुईवटा बस र एउटा ट्रक ठोक्किएर दुर्घटना भएपछि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खुलेको छ । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको जलविरेमा आइतबार ९साउन ३० बिहान ७:१० बजे दुई बस र एउटा ट्रक आपसमा ठोक्कि...
काठमाडौंका यी स्थानमा आज बिजुली कटौती हुने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली कटौती गर्न लागेको हो । काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सु...
२९ वैशाखभित्र एसईईको नतिजा सार्वजनिक हुने
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा एसईईको १ महिनाभित्र नतिजा सार्वजनिक गर्नेगरी इन्ट्रीको काम गरिरहेको छ । बोर्डले २९ वैशाखभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार जिल्ल...
काठमाडौँका दर्जनौँ ठाउँमा आज बिजुली कटौती हुँदै
काठमाण्डौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो ।
प्राधिकरणका अनुसार...
मौसमा पूर्वानुमान : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने
काठमाडौँ । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिणपश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल मौसमको कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्...
कतारमा भएको विस्फोटमा नेपाली घाइते
काठमाडौँ । कतारको रस लाफान औद्योगिक सहरमा रहेको ग्यास प्रशोधन प्लान्टमा भएको भीषण विस्फोटमा परी नेपाली नागरिक पनि घाइते भएका छन् । उक्त घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । टाइम्स अफ इन्डियाका अनुसार ज्यान गुमाउनेहरूमध्ये १२ जना भारती...



